युवा जमातबीच लोकपि्रय ‘फेसबुकडटम’मा नेपाली चलचित्र, संगीत फाँटका केही कलाकारले पनि आफ्नो उपस्थिति जनाएका छन् । फेसबुकमार्फत आफ्ना सन्देश साथीहरूमाझ पुर्याउने कलाकारमा नायक राजेश हमाल, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य (महजोडी), भुवन केसी, भूपेन चन्द, नायिका झरना बज्राचार्य आदि छन् । राजेश पायल राई, क्रान्ति आले, मोहित आचार्य, निमा रुम्बालगायतका गायक पनि यो साइटमा भेटिन्छन् । तर, अचम्म के छ भने फेसबुकमा उनीहरूका साथीहरू, सन्देशहरू भए पनि कतिपय कलाकारलाई फेसबुक भनेको के हो ? आफ्नोबारेमा कसले म्यासेज अपडेट गरिरहेको छ भन्ने थाहै छैन ।
फेसबुकमा हास्य कलाकार हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ (महजोडी) को फ्यान क्लबमा अहिलेसम्म ६ सय १५ जना शुभचिन्तक छन् । तर, यो कुरा न त ‘म’ लाई थाहा छ न त ‘ह’ लाई नै । हरिवंशले भने, ‘ए हो र ? हामी (मदनकृष्ण श्रेष्ठ र हरिवंश) ले त त्यस्तो केही गरेका छैनाँ । मलाई यसबारे थाहै छैन । कोही मित्रले हाम्रोबारे प्रकाशन गर्नुभएको होला । …मेरो छोरो मोहितले कता हो हल्का कुरा गरेजस्तो लागेको थियो । तर, कार्यव्यस्तताका कारण बाबु-छोराको राम्ररी कुरा पनि हुन पाइरहेको छैन । मौका मिलाएर हेर्नुपर्ला ।’
‘मह’ को झै फेसबुकमा नायक राजेश हमालको पनि फ्रयान क्लब छ । फेसबुकमा हमाल आफँले एकाउन्ट खोलेर आफ्नो ‘इन्र्फमेसन, म्यासेज’ राखेका हुन् कि अरू कसैले हो भन्नेमा नायक हमाल बेलायत गएकाले उनीसँग प्रत्यक्ष सम्पर्क हुन त सकेन, तर उनको पारिवारिक स्रोतका अनुसार यसबारे उनलाई केही पनि जानकारी छैन ।
हास्य कलाकार मनोज गजुरेल पनि फेसबुकका आकर्षण हुन् । उनको देउसी गीत तिहार नआउँदै फेसबुकसाथीले हेर्न पाइसकेका थिए । उनले आफ्नो भिडियो एल्बम ‘फोटोकपी’ लाई प्रोफाइल फोटोमा राखेका छन् ।
फेसबुकमा अर्का स्टार-भुवन केसी पनि छन् । उनका थुप्रै’फ्रेन्ड, फ्यान’ छन् । तर, अपशोच यो कुरा नायक भुवनलाई पनि थाहा रहेनछ । नायक भुवनले भने, ‘खै, मलाई त यसबारे केही थाहा छैन । ए…हैन/हैन…मेरो एकजना साथीले गरिदिएको हो ।’ को साथी ? नाम भन्नुहोस् न । ‘नाम…खै यार, के पो हो, नाम…मेरो अर्कौ मोबाइलमा छ । मैले पनि हेरेको छैन । हेर्ने रहरचाहिँ छ ।’
फेसबुकमा असली ‘लग अनर’ कलाकारमा चाहिँ गायक राजेश पायल राई भेटिए । उनले आफ्नोबारे ‘लेटेस् म्यासेज, इन्फरमेसन्स’ अपडेट गर्ने गरेका छन् । राईका अनुसार उनले फेसबुकमा एकाउन्ट खोलेको झन्डै चार महिना भयो । ‘फेसबुकबाट मलाई धेरै फाइदा भएको छ । आफूले गरिरहेको कामको बारेमा तत्काल मान्छेसमक्ष सन्देश पठाउन, नयाँ-नयाँ साथी बनाउन निकै सजिलो भएको छ । तर, के गर्नू म कार्य व्यस्तताका कारण आफैँले ‘लग अन’ गरिरहन सक्दिन । मेरा साथीहरू हुनुहुन्छ, उहाँहरूले मेरो म्यासेज अपडेट गरिदिनुहुन्छ । अहिले मेरो फेसबुकमा अर्थमन्त्री डा. बाबुराम भट्टराई पनि ‘फ्रेन्ड’ हुनुभएको छ । भगवान् जाने त्यो मन्त्रीज्यू आफैँले गर्नुभएको हो कि अरू कसैले हो । अचम्म लागेको छ ।
November 8th, 2008 at 6:11 am
अरु चाँहि थाहा छैन,
हाँस्यव्यंङ्गकार मनोज गजुरेल,
नायक राजबल्लभ कोइराला,
गायक लोचन रिजाल,
कुटुम्ब ब्यान्ड,
अर्थमन्त्रि बाबुराम भट्टराई आदि भने फेसबुक चलाउँछन् ।
नायक राजेश हमाल को चाँहि प्रोफाइल नक्कली हुन सक्छ । त्यस्तै, मह को फ्यान क्लब त जो कोही ले बनाउन सक्छ । भोलि यही ब्लग को फ्यानक्लब खुल्यो भने, अचम्म मान्नुपर्ने केही हुन्छ र ???
December 7th, 2008 at 10:48 am
sorai aana thik!
December 28th, 2008 at 8:18 am
sabai satya huna sakchha bhanne k nai chha ra huna sakchha kasaile nakkali garera banaye ko pani .
January 18th, 2009 at 8:05 am
kunai pani kala karmi lai sidhai dosh dina mildaina, tara prashtut tippni 80 thikai hun.
May 21st, 2009 at 11:31 pm
face book ma vayapani chinna payaka 6 u
June 6th, 2009 at 6:31 pm
ani Kantipur televison ko samachar bachika smiraka Sharma ko pani chha tyo chai satya ho ki jhuto ho ni????????? pls any body can tell me pls
June 13th, 2009 at 10:00 am
Ha ha………..Aaja ko 21 th satabdima pani hamra Deshaka chalda-balda Kalakar haruko harkat ani Uniharuko Suchana prabidi mathi kko pahucha ko dayeniya abasta……?? Ani hamra Kalakar ta yesta chan ani uniharuko Kaam ani Chamata ko sidhai guess garna sakincha ni……….
August 23rd, 2009 at 7:12 am
hora?malai ta thaha nai chhaina.
la la info diyeko ma thanks………..
September 1st, 2009 at 11:39 pm
dilip raimaji ko face book sha ki chaina??i have one new about him dont think that i am just bloffing ask him bimla bhaneko ko u ll know the answer
k bhado raisha dilip mr saheed le….
September 13th, 2009 at 12:37 pm
OWO! aba hame le hamra kalakar haru lai bolg ko sansarma vat garna paune bhayau? thankas filmenepal for your information.
October 9th, 2009 at 8:23 am
I think nobody knows except Rajesh Hamal and other few artists about face book. Who can believe that our Nepali artist are able to use internet properly.
October 10th, 2009 at 8:22 pm
malai pani baburam le chanhi face book chalaunchhan jasto lagchha .nikhil le pani tara aru ko ta bhar chhaina .
October 10th, 2009 at 8:22 pm
ho malai pani tyastai laagchha .
October 15th, 2009 at 3:19 am
OH AB DEKHI hamro desh nepal ma pani kalakar ko saman huna lagako ho .nepal ma ta neta thula chana. haina ra ra face book ma vapani kalakar chinena vo
October 25th, 2009 at 1:50 pm
डा बाबुराम भट्टराई फेसबुक चलाउछन, अनी हास्य कलाकार मनोज गजुरेल पनि। तर राजेश हमाल ले चाँही चलाउदैनन जस्तो लाग्छ बेफुर्सदी को कारण । कुनै पनि दोश्रो ब्यक्ती को फेस्बूक बनाउनु राम्रो लाग्दैन, तर सम्बन्धित ब्यक्ती लाई राम्रो सँग थाहा छ भने त्यो राम्रो हो। नत्र सम्बन्धित ब्यक्ती लाई नै थाहा छैन भने त्यो औचित्यहिन हुन्छ ।
November 2nd, 2009 at 10:14 am
sahi kura lekhne flimnepal ho ki jasto lagyo.sahi kurale ramrai garchha.bartamarma kasaiko man dukhepani bhabisyama tyo labhadayak ra ramro thaharinechha.
December 11th, 2009 at 6:49 am
I guest both you are doing really well keep it on if work hard and then you are not thinking bad way isnt it very nice to see you again another time ok
December 19th, 2009 at 6:48 am
Mr Hari Thapa chattri 416 qutampalazdlfcity Gurgoan Haryana 122001phon no 9654518148 my contact no
December 19th, 2009 at 6:53 am
Narayan ko chora Hari tilukaya suntala rakha ward no 6 Aarghotash aarghachakhi Nepal contact no 00977.9847286965 Kalpana Thapa Chhatri tilukaya Nepal
December 19th, 2009 at 6:56 am
Thankyou Hari
February 19th, 2010 at 9:49 pm
filmnepal letrue kura vandai jaos.best wishes
May 9th, 2010 at 1:33 pm
ho hamra kalakar haru busyko karana facebook logon garne time nahun sak6 katipaya kalakar harulai facebook ko barema thaha nahun pani sak6.