कलम कलिउड
नेपाली फिल्मी दुनियाँका ताता अनि चिसा प्रस‌‌ंगहरू
  • FilmNepal Home
  • Blog Home

पैसा तिरिदिउँ यार !!

चर्तिकला प्रतिक्रिया दिनुस्

पत्रकारिताको क्रममा त नभनै तर फिल्मकारिताको क्रममा चाहिँ पक्कै हो । भर्खरै, तिहारको पूर्व सन्ध्यामा पूर्वी नेपालको झापा जिल्लाको काँकडभिट्टा पुगीएको थियो । त्यहाँ झण्डै दश दिन बिताइयो । त्यहाँ, बाहुनडाँगी रोडको होटल कञ्चनजङ्घामा बसीयो । होटल बसाइको क्रममा होटल मालिकसागको हेलमेल, कुराकानी त सामान्य नै भइहाल्यो । ‘के काम गर्नु हुन्छ ?’ होटल मालिक, हजुर बाका उमेरका शर्मा बूढाले सोधे । ‘फिल्म पत्रकारिताको साथै फिल्मको स्क्रीप्ट लेख्ने काम पनि गर्छु । ‘ मैले भनें । मेरो कार्यबिबरण सुनेर बूढाले एक्कासी सोधे, ‘तपाई, त्यो हिरो छ नि…अ..के नाम हो…अ जुङा पालेको छ नि…‘  जुङा पालेका हिरोहरु कति छन् छन् कसरी चिन्नू, मेरो मनमा फ्याट्ट भुवन केसीको याद आयो । ‘भुवन केसी‘ । बूढाले ‘होइन‘ भने । ‘भुवन केसी होइन । अर्के छ नि…चश्मा पनि लगाउछ । यतै पूर्वतिरको हो ।‘ म अल्मलमा परे, को हिरो हो हो । बूढा सम्झने प्रयास गर्दै फेरि बोले, ‘खै के जाती फिल्म पनि बनाएको छ ।‘ जुङा पालेको, चश्मा लगाउने, पूर्वैतिरको त्यसमाथि पनि फिल्म बनाउने हिरो चाहि को होला ? मलाई ठम्याउन मुश्कील पर्यो ।

 ‘खै बुबा कुन चाहि हो । अलि गाह्रो पर्यो । के भयो र भन्नुस् न ।‘ अनि बूढाले भने,’हेर्नुस न बाबु झण्डै चार बर्ष भइसक्यो त्यो हिरोले यहा बसेर खाएको साढे २२ हजार रुपैया तिरेको छैन भन्या । डेढ महिना बस्यो दशैतिहारमा पनि घर गएर । आफ्नै परिवारको मान्छे झै भएर बस्यो । साढे २२ हजार बिल भएको थियो । मसाग अहिले पैसा छैन । काठमाण्डौ गएर पठाइ दिन्छु भनेर हिडेको अहिलेसम्म एक सुक्को पनि पठाएको छैन । कान्छो छोराले काठमाण्डौमै गएर बिल दियो । भोलि भोलि भन्दा भन्दै पैसै दिएन ।‘

मलाई अचम्म लाग्यो । कुन चाहिा हिरो होला त ? जुङा, चश्माधारी नेपाली हिरो सम्झदै गएा । याद आएन । त्यसै बीच त्यस होटलका वास्तबिक मालिक, शर्मा बूढाका जेठा छोरो आए । बूढाले छोरालाई सोधे । ‘हाम्रो साढे २२ हजार खाएर भाग्ने हिरोको नाम के रे जेठा ?’ जेठा दाइले फ्याट्टै भनिहाले,’सीमान्त उदास । ‘ उनले अगाडि थपे, ‘चार वर्ष जति भयो । ‘शुभकामना‘ फिल्म चलाउन आएको हु भनेर मेरो होटलमा बस्यो । जाने बेलामा मसाग पैसा छैन । काठमाण्डौ पुग्ने बित्तिकै पठाइ दिन्छु भनेर हिड्यो । हामीले पनि हिरो जस्तो मान्छे । पैसा पठाइदिइ हाल्छ भन्ने ठान्यौ । तर, उसले पैसै पठाएन । हामीले पैसा दिइ हाल्ला भनेर उसको खोजी नै गरे नै तर हेर्नस् त हाम्रो जस्तो यो सामान्य होटलमा चार चार वर्षर्देखि त्यत्रो पैसा अड्काइदिदा के हालत भएको होला । तपाई सोच्नुहोस् त । लौन, काठमाण्डौमा कतै त्यो भेटियो भने हाम्रो गुनासो सुनाइ दिनुहोला न । हामी जस्तो मान्छेको त्यत्रो पैसा खाएर तिर्न नखोज्न फिल्मलाइनको मान्छेप्रतिको श्रद्धा, बिश्वास नै हराउन आट्यो हाम्रो त ।‘ त्यसै क्रममा उनले ‘आमाको काख‘ चलचित्रका निर्देशन बिजय केरुङले पनि आफ्नो होटलमा पैसा तिर्न बाँकी रहेको कुरा बताउदै, ‘उ पनि भाग्यो । अचेल यहाँ आउदैन । बिर्तामोडतिरको होटलमा बस्छ रे । त्यता पनि पैसा नतीरेर धुरुक्कै बनाएको छ रे । सीमान्तले पनि बिर्तामोडमा पैसा तिर्न बााकी छ रे ‘ भने ।

अर्को दिन होटलवालाका कान्छो भाइले कताबाट हो कुन्नी सिमान्त उदासको नम्बर पत्ता लगाएर सीमान्तलाई फोन गरेर उनले तिर्न भएको पैसा मागे । तर, सीमान्तले पैसा दिने कुनै सुरसार नै कसेनन् । उनले फोनमा भने (मोबाइल ह्याण्ड्स् फ्री थियो ) ‘ए भाइ, अहिले मसाग पैसा छैन । मैले अहिले ‘मिसन नेपाल‘ भन्ने फिल्म बनाइरहेको छु । त्यो फिल्म बनेर चलेपछि पैसा उठ्छ । अनि पैसा पठाइ दिउला है….‘ भनेर फोन काटे ।

ल अब अनुमान गर्नुस्, सीमान्तको फिल्म कहिले बनिसक्ला, कहिले प्रदर्शनको पालो पाउला र प्रदर्शन होला अनि पैसा उठ्ला र त्यो होटेलको पैसा तिर्लान  ? त्यत्रो पचास लाख रुपैयाा लगाएर फिल्म बनाउने मान्छेले साढे २२ हजार रुपैयाँ तिर्न पनि त्यति धेरै समय लगाउने ? सीमान्त, बिजय केरुङको ती होटलवालाहरुप्रतिको ब्यावहारले गर्दा उनीहरुको मस्तिष्कमा ‘फिल्म लाइनका मान्छेहरु जाली, फटाहा, ठग हुन्छन् । उनीहरुले धोका दिन्छन् ।‘ भन्ने भ्रम परेको छ । त्यसैले प्लीज सीमान्त, बिजय तथा अन्य जो कोही पनि जसले कसैलाइै फिल्म लाइनको मान्छेको रुपमा परिचय दिए्र उधारोसुधारो खाएको छ भने अबिलम्ब पैसा तिरिदिउँ । ताकी भोली अन्य कुनै ठाउामा गएर फिल्म लाइनमा काम गर्छु भन्दा अर्को सीमान्त या अर्को बिजयले पैसा ठगेको कु्रा सुन्नु परेर आफै लज्जीत बन्नु नपरोस् । जे भए पनि बाँकी रकम तिरौं…एकै चोटी नसके पटकपटक गरेर किस्ताबन्दी रुपमा तिरौं । ताकी फेरि कुनै होटलवालाको मुखबाट फलानो फिल्मवालाले मेरो यति ठग्यो भनेर सुन्नु नपरोस् । नारायण । 

 


October 31st, 2008 |

18 Responses to “पैसा तिरिदिउँ यार !!”

  1. simanta
    November 5th, 2008 at 8:37 am

    vaatmara simanta naam ko baadnam garchha
    vaag sala film line bata
    jaaa pashupati ma batuko liyera baas.


  2. आकार
    November 6th, 2008 at 7:23 am

    पैसा त तिर्नु पर्‍यो नि,
    उदास सँग, त चक्रवाति ब्याज लाएरै पैसा असुल्नु पर्ने भो ।


  3. उजेली
    November 6th, 2008 at 1:06 pm

    हाम्रा देशका हिरोहिरोइन को ताल !!


  4. shubhash
    November 7th, 2008 at 9:16 am

    khaan jannele tirna pani jannu paryo.vanne belama hiro,kaam chai jali fatahako jasto garne..GARNELAI VANDA DEKHANELAI LAAJ….


  5. roj
    November 27th, 2008 at 2:11 pm

    paisa tirena bhane filmko jastai godnu parchha salaharulai. bada hero bhaitopalne simante!


  6. Deviram
    December 1st, 2008 at 1:00 pm

    Tyo Hotel wala saahu ko pani ta teti thulo dimag nai rahenchha ni ta . Ye ta hero jasto manchhe arko tira 22000 paisa tirna banki jasta ko name pani bhulne kasto khalko hotel wala.


  7. Anjan pun (doha)
    December 8th, 2008 at 2:44 pm

    k sunnu paryo naam kamayko heroko bayejaat nepalbhari. tehi pani udharo khayako chhya.trishulima haam fale huncha.


  8. min bahadur
    January 3rd, 2009 at 9:42 pm

    Hello good morning how are u? if u want make a goo film please dont b copy with any film please make new story & this is 21 ceture that why give us hot seen ok and make english sub title ok bye have y good day i love my nepali film & NEPAL


  9. Achut sapkota
    January 9th, 2009 at 4:42 am

    bichara kalakar haru film chaldina k garun ta


  10. nirdosh bharati(narayan)
    January 19th, 2009 at 8:37 am

    kasto bejati kalakarko bejat garchha.


  11. Dharani Dangi
    February 11th, 2009 at 2:19 am

    kalakar ho ki galagar ho


  12. rabin pokharel
    March 25th, 2009 at 8:05 am

    hi kina nchaine kam garako pap dhuri bata karauncha vhanako ya ho ni haina ra


  13. lekh shrestha
    June 7th, 2009 at 4:14 am

    nepal ko hero hoena,kiroharu hun kin ki vat khayeko paesa sammatin naskne hero ko k ejyet. india ko huro haru ko her jasle sarkar lai kadarau kar tire ka 6a. tar nepali hero haru vat khako paesa natireko khabar sunda thuknu man lag6a tyasaile simanna jaha vaye pani hotel ko vatko paesa tirnu paryo.


  14. Cosmo
    June 8th, 2009 at 6:12 pm

    kasto Fraud rahechaa hero bha manchee pani…..chorai chor le bharrya desh…

    and why are you people using english language if you guys can’t write in english properly..Speak Damn Nepali and stop writing or speaking broken english..


  15. LadyNata
    June 14th, 2009 at 10:54 pm

    Original so much for, well see possible and here Кузовной ремонт ниссан.


  16. deva
    June 20th, 2009 at 4:29 am

    khate hero haru


  17. raju shyangjali brow
    October 1st, 2009 at 11:16 am

    oh simanta k ho flim ma jasto garna lako laz lagdaina khayara hindna rastiya kalakar bhayapachi 6i kati ghin lagdo


  18. raj silwal(texas)
    December 20th, 2009 at 7:40 pm

    i think most of the nepali artist knows how to take but they have no idea for return.


प्रतिक्रिया दिनुस

Spam Protection by WP-SpamFree

  • Categories

    • गतिविधि (1)
    • चर्तिकला (8)
    • जीवनको ऐना (2)
  • Archives

    • January 2010
    • June 2009
    • December 2008
    • November 2008
    • October 2008
    • September 2008
  • Recent Posts

    • सबैभन्दा कुन राम्री ?
    • फिल्म पाएपछि हिरोइनको पाटी
    • डेनी द डगबाट चोरेर इन्साफ
    • निर्देशक नरेश की अरुणिमा !!
    • फेसबुकमा नेपाली कलाकार
    • पैसा तिरिदिउँ यार !!
    • सिक्वेल चलचित्रमा चाहिँ नपछारियौ है साथी हो…
    • पूजना ‘स्त्री’ अर्को लिङ्ग परिवर्तन नगर ल…
    • ‘राजा साहेब’ को मानमर्दन
    • कृष्णेको ‘हिट हिरोइन’ बन्ने की ममता ?

© 2008 FilmNepal.com All Rights Reserved
RSS XHTML CSS Log in