अहिले नेपाली चलचित्रकर्मीहरु पनि श्रृंखला चलचित्र बनाउनतिर अग्रसर भएका छन् । हलिउड र बलिउडमा झै यहाँ पनि त्यो क्रम सुरु भइसकेको छ । रेखा थापाको ‘हिम्मत’ सफल भएपछि त्यसैका निर्देशक दीपक श्रेष्ठले आफै निर्माता भएर ‘हिम्मत २’ निर्माण गरिसकेका छन् भने निर्माता राजकुमार राईले ‘पापी मान्छे’ को ब्यावसायीक सफलता पछि ‘पापी मान्छे २’ निर्माण गरिसकेका छन् । त्यस्तै, ‘क्यारेङ ग्याङ’ नामक भिडीयो चलचित्रको प्रदर्शनपछि उदय सुब्बाले अहिले निखिल उप्रेतीलाई प्रमुख भूमिकामा लिएर ‘क्यारेङ ग्याङ २’ निर्माण गरिरहेका छन् । पुरानो सफल चलचित्र ‘कुसुमे रुमाल’ पनि अहिले ‘कुसुमे रुमाल २’ बन्दै छ । यि त भए एउटा चलचित्रको सफलता पछि त्यसैको अर्को भाग स्वरुप बनाइँदै गरिएका चलचित्रह्ररु । ठूलो पर्दाका चलचित्र बाहेक टेलिश्रृंखलाहरु पनि ‘पार्ट २’ भएर आउन थालेका छन् नेपालमा । मेलीना मान्नधर र महेन्द्र बुढाथोकीको ‘करुणा २ ‘ अहिले नेपाल टेलिभिजनबाट प्रसार भइरहेको छ ।
श्रृंखला चलचित्र बन्नु राम्रो कुरा भए तापनि एकपछि अर्को सिक्वेल चलचित्रको कथाबस्तुमा अन्तर नहुनु तथा पहिलो चलचित्रको सफलताको ‘हयाङ ओभर’ ले मातिएर दोश्रो चलचित्र जे पायो त्यही गर्नाले सिक्वेलै नाम नदिए तापनि नराम्ररी पछारिएका निर्माता, निर्देशकहरु पनि यहाँ थुप्रै छन् । टाढाको कुरा किन गर्नू, ‘दर्पण छायाँ’ को सफलताले गर्दा उल्कीएर तत्कालै ‘लहना’ बनाएका तुलसी घिमीरे कसरी पछारिए, सबै सामु घाम भन्दा पनि सङ्लोसँग स्पष्ट छ । त्यस्तै, दयाराम दहाल ‘ठूल्दाइ’ बाट चम्कीए पनि आफैले निर्माण गरेको ‘जेठो कान्छो’ बाट कसरी प्याक्कीए । शिब रेग्मी ‘आफ्नो मान्छे’, ‘सुखदुख’ बाट सबैको हाइहाइ भए । आफैले बनाएको ‘मानिस’ बाट बाइबाइ भए । सँधै एउटै ढर्रा, एउटै कथाका चलचित्र बनाउनाले धेरै जना जाकीएका छन् ।
श्रृंखला चलचित्र निर्माण गर्ने लहर कहिलेसम्म बौलीने हो, यसको आयु कति छ, हेरौला । तर जे होस्, एउटा चलचित्रको सफलताले मात्तिदा तुलसी घिमीरे, दयाराम, शिब रेग्मीहरु जसरी चाहिँ अताडिनु नपरोस् नि…नारायण…हरिहरि….
October 5th, 2008 |
October 14th, 2008 at 9:44 pm
thanks sarai ramro cha. padna paya i am very happy. mali film sambandi janakari lina man lagcha aaja balla pura bhayako chha.
November 7th, 2008 at 9:20 am
NA PAUNELE K PAYO BOKRAI SIT CHHAPAYO
January 19th, 2009 at 8:42 am
ARULE GHODA CHADYO BHANER AAFULE DURI NACHADNU.HAI.
February 11th, 2009 at 2:35 am
nepali film ko kahni indian film ko choreko hunch.Ahile india ma part two banaune hoad cha tesaile hola. Nepali film kas le po banaucha yaha ta
sabie indian film ko ultha garera nepali ma anubad matra gareko huncha
yadi film banaunu cha bhane, “SIMAREKHA” jasto ayetihasik film banun
afno balbuta ma.Nepali nirmata ra nirdesak ko dimag chain ki kay ho yeso
indian film hern ani teysai lai copy garne k ko dimag lagyera k ko kahani
lekhanu hoin ra
March 20th, 2009 at 3:21 am
kathha ramro chha bhane ta film tesai ramro sanga chalchha,kina sikkuel banaune.hoina ra….