कलम कलिउड
नेपाली फिल्मी दुनियाँका ताता अनि चिसा प्रस‌‌ंगहरू
  • FilmNepal Home
  • Blog Home

‘राजा साहेब’ को मानमर्दन

चर्तिकला प्रतिक्रिया दिनुस्

नेपाल सरकारले नेपाली चलचित्रलाई पनि बिदेशी चलचित्रसहर चलचित्र बिकाश शुल्क तथा एमजी -न्यूनतम ग्यारेन्टी) लगाएको बिरोधमा नेपाली चलचित्रकर्मीहरु -बिशेषगरी निर्माता तथा हलवालाहरु) ले चलचित्र बिकास बोर्डमा आयोजना गरेको धर्ना कार्यक्रममा कलाकार,निर्माता तथा निर्देशक नीर शाहले देखाएको उद्दण्डले अहिले नेपाली चलचित्र बृत्त तातेको छ । नीर शाहले चलचित्र संघको ब्यानर तानेर,’यिनीहरु बिदेशी फिल्मका दलाल हुन् । यिनीहरुले नै बिरोध गर्ने ?’ भनेर आक्रोशीत भएका थिए । बिचरा नीर राजाको उक्त क्रियाकलापबाट हलवाला निकै आक्रोशीत बनेर राजालाई झण्डै गोदेका । नीर शाह जस्तो मान्छेलाई हलवालाहरु प्रदिप उदय र राजकुमार पोखरेलले गरेको ब्याबहारले त्यहाँ ‘धर्ना दिन’ भेला भएका चलचित्रकर्मीहरुले ‘आम्मै’ को जिव्रो अनायासै टोकेका थिए । राजा पनि किन नराक्किउन त ? नेपाली चलचित्र,टेलिभिजनको इतिहासमा उनको योगदानको कदर गर्दै सम्मानको खादा ओढाउनु पर्ने बेलामा आफू भन्दा ‘जुनीयर भाइ’ हरुबाट त्यसरी अपमानीत हुनु पर्दा उनको मन कस्तो भएको होला ? यो बारेमा अलिकत पनि बिबेक किन नपुर्याएका होलान ती हलवालाहरुले । बिचरा नीर राजाको जिन्दगीमै त्यसरी सार्वजनीक रुपमै अपमान भएको पहिलो घटना हो यो । शाहलाई घचेट्दै हात हाल्न खोजेका ती हलवालाहरुले उनलाई ,’अहिले ज्ञानेन्द्रको शासन छैन । मण्डले भएर दादागीरि देेखाउने’ भन्दै आक्रोशीत भएका थिए । अनि त नीर राजा रिसले आगो हुँदै त्यहाँबाट बाहिरिएका थिए । बीचमा राजकुमार राई गएर नछुट्याएको भए नीर राजा र हलवाला बीच ‘रियल फाइट’ पर्ने थियो ।
यो घटनाले राजासाहेब आक्रोशीत त छदैछन्, त्यसमा पनि उनको मनमा पूर्वराजा ज्ञानेन्द्रको जस्तो ‘म टुलुटु्लु हेरेर बस्ने राजा होइन । म एक्काइशौ शताब्दीको राजा हुँ ।’ भन्ने ‘मनोलक’ नपलाएको होला भन्न पनि सकिदैन । अब हेरौ, अगाडि के के हुन्छ । निर्माता/ हलवालाहरु चलचित्र बिकास शुल्क र एमजी हटाउनै पर्ने मागका साथ ‘संघीय लोकतान्त्रीक गणतन्त्र नेपाल सरकार’ लाई पन्ध्र दिने अल्टीमेटम दिएर आन्दोलनरत छन् । नेपाल सरकारले पनि केही सोच्दै होला की भन्ने आशा त गर्ने पर्यो । हैन र ? नारायण ।

Tags: Neer Shah


October 2nd, 2008 |

4 Responses to “‘राजा साहेब’ को मानमर्दन”

  1. bikash pradhan
    November 3rd, 2008 at 9:10 am

    nir shah le thikai bhaneka hun,
    halwala haru bhneka dalal nai hun.
    nahun pani kina?
    nepal ko chalchitra kshetra hindi film le nai dhaneko chha.
    hindi film naaune ho bhane, biratnagar,birgunj, janakpur, nepalgunj, jitpur kaliya, malangwa, jastatarai ka hall sathai kathmandu ka adhikansa hall haru band gare hunchha.
    rahyo kuro bikas sulka ra mg ko tyo kun chahi hall wala le purai tirchha ra?
    sabai chorera khanchhan,
    hindi film chalayera nepali film ko maskewari bujhauchhan
    500tkt bikri huda 50ko matra riport banauchhan,
    anugaman garna aaune bikash bord ka manchhe haru ali ali khana pai halchhan,
    purba tira anugaman ma aaune manchhe haru (malai nam samet thaha chha)kun hall bata kati paisa linchhn malai tyo pani thaha chha.
    sabai chorai chor matrai ta chhn ni,
    yo bisaya ma malai dherai kurako jankari chha fursad bhayema bistarai lekhdai jaula……………….


  2. dhruba bahadur budhathoki
    February 28th, 2009 at 3:29 am

    nir shah ji namaskar tapai le je garnu bhayo thikai garnu bhayo thikai ho ti hal wala haru le khali bidesi chalchitra lai matra priority dine gareka chhan ekdin nir shah matra haina hami sabai le karbahi garnu parnee bhayeko chha

    nir ji tapai le teso gareko ma mero pani samarthan chha tyo karya ma


  3. Deepak raj sharma
    July 2nd, 2009 at 7:38 am

    nirshah ji Iam your real fan bcoz I love your film and style but now days u didn,t plyaing good movie like basanti,kumari …I suport your way of style of protevt to film hall owner keep it up.


  4. ruduhang
    December 11th, 2009 at 6:52 am

    you are the star mike keep it on untill your old age


प्रतिक्रिया दिनुस

Spam Protection by WP-SpamFree

  • Categories

    • गतिविधि (1)
    • चर्तिकला (8)
    • जीवनको ऐना (2)
  • Archives

    • January 2010
    • June 2009
    • December 2008
    • November 2008
    • October 2008
    • September 2008
  • Recent Posts

    • सबैभन्दा कुन राम्री ?
    • फिल्म पाएपछि हिरोइनको पाटी
    • डेनी द डगबाट चोरेर इन्साफ
    • निर्देशक नरेश की अरुणिमा !!
    • फेसबुकमा नेपाली कलाकार
    • पैसा तिरिदिउँ यार !!
    • सिक्वेल चलचित्रमा चाहिँ नपछारियौ है साथी हो…
    • पूजना ‘स्त्री’ अर्को लिङ्ग परिवर्तन नगर ल…
    • ‘राजा साहेब’ को मानमर्दन
    • कृष्णेको ‘हिट हिरोइन’ बन्ने की ममता ?

© 2008 FilmNepal.com All Rights Reserved
RSS XHTML CSS Log in