-नवीन सुब्बा
जनवरीको पहिलो साता डेनमार्क गएको थिएँ। त्यहाँका फिल्म उद्योगसँग सम्बन्धित विभिन्न संघसंस्थाको भ्रमण गर्ने कार्यक्रम थियो। डिसिसीडी (डेनिस सेन्टर फर कल्चर एन्ड डेभलपमेन्ट)को निम्तोमा १४ वटा संस्थाको भ्रमण र प्रशस्त छलफल भयो। हलिउडको अतिक्रमणले युरोपका अरु थुप्रै मुलुकलाई गाँजे पनि डेनमार्कको बलियो उपस्थितिले मलाई चकित तुल्यायो। उनीहरुले २७ प्रतिशत घरेलु दर्शकलाई अड्याउन सकेका रहेछन्। सन् १९९० पछि संस्कृतिमा राज्यले ठूलो लगानी गरेपछि यति राम्रो अवस्था बनेको त्यहाँका फिल्मकर्मीले बताए। (more…)
January 29th, 2012 |