सुटिङ सुरु भएको पहिलो दिनमै ‘बाटो परेर’ नक्सालको अनमोल क्याटरिङमा एकछिन् नरेश पौडेलको निर्देशनमा निर्माण भइरहको ‘दीपशीखा’ को सुटिङ हेर्ने मौका पाइयो । निर्देशक पौडेल क्रेनमाथि राखेको क्यामेराबाट सर्ट लिन क्यामेराम्यानलाई गाइड गरिरहेका थिए । उक्त चलचित्रकी नायिका अरुणीमा लम्साल निर्देशक पौडेलकै वरपर घुम्दै थिइन् । बिहेको यज्ञबाट केटीको बाबुले आफ्नो छोरी घिच्याउदै लग्ने अनि दुलहा लगायत अन्य जन्तीहरुले ट्वा परेर चुपचाप त्यो दृश्य हेरिरहने सट लिइदै थियो । कतिबेला क्रेन डाउन हुन ढिलो हुने त कतिबेला जुनीयर कलाकारहरुको र्याक्सन नपुग्नाल तीन ‘टेक’ सम्म पनि ‘सट ओके’ हुन सकेको थिएन । चौथो टेक निर्देशक पौडेललाई चित्त बुझ्यो, ‘आके कट इट’ भने । तर नायिका अरुणीमा निर्देशक नरेशको कानैमा आएर भनिन्,’सर, ऊ (जन्ती बनेको जुनीयर कलाकारलाई इंगीत गर्दै) त्यसले उता हेरेको थियो । अरुहरुको पनि र्याक्सनै पुगने ।’ निर्देशक पौडेलले अरुणीमाको कुरा सुनेपछि फेरि सबैलाई यसो गर्नू, उसो गनू भन्दै सिकाएर त्यो सट फेरि खिच्न लगाए । (more…)
Archive for November, 2008
November 19th, 2008 |
युवा जमातबीच लोकपि्रय ‘फेसबुकडटम’मा नेपाली चलचित्र, संगीत फाँटका केही कलाकारले पनि आफ्नो उपस्थिति जनाएका छन् । फेसबुकमार्फत आफ्ना सन्देश साथीहरूमाझ पुर्याउने कलाकारमा नायक राजेश हमाल, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य (महजोडी), भुवन केसी, भूपेन चन्द, नायिका झरना बज्राचार्य आदि छन् । राजेश पायल राई, क्रान्ति आले, मोहित आचार्य, निमा रुम्बालगायतका गायक पनि यो साइटमा भेटिन्छन् । तर, अचम्म के छ भने फेसबुकमा उनीहरूका साथीहरू, सन्देशहरू भए पनि कतिपय कलाकारलाई फेसबुक भनेको के हो ? आफ्नोबारेमा कसले म्यासेज अपडेट गरिरहेको छ भन्ने थाहै छैन । (more…)
November 8th, 2008 |