कलम कलिउड
नेपाली फिल्मी दुनियाँका ताता अनि चिसा प्रस‌‌ंगहरू
  • FilmNepal Home
  • Blog Home

Archive for October, 2008

पैसा तिरिदिउँ यार !!

चर्तिकला 18 Comments »

पत्रकारिताको क्रममा त नभनै तर फिल्मकारिताको क्रममा चाहिँ पक्कै हो । भर्खरै, तिहारको पूर्व सन्ध्यामा पूर्वी नेपालको झापा जिल्लाको काँकडभिट्टा पुगीएको थियो । त्यहाँ झण्डै दश दिन बिताइयो । त्यहाँ, बाहुनडाँगी रोडको होटल कञ्चनजङ्घामा बसीयो । होटल बसाइको क्रममा होटल मालिकसागको हेलमेल, कुराकानी त सामान्य नै भइहाल्यो । ‘के काम गर्नु हुन्छ ?’ होटल मालिक, हजुर बाका उमेरका शर्मा बूढाले सोधे । ‘फिल्म पत्रकारिताको साथै फिल्मको स्क्रीप्ट लेख्ने काम पनि गर्छु । ‘ मैले भनें । मेरो कार्यबिबरण सुनेर बूढाले एक्कासी सोधे, ‘तपाई, त्यो हिरो छ नि…अ..के नाम हो…अ जुङा पालेको छ नि…‘  जुङा पालेका हिरोहरु कति छन् छन् कसरी चिन्नू, मेरो मनमा फ्याट्ट भुवन केसीको याद आयो । ‘भुवन केसी‘ । बूढाले ‘होइन‘ भने । ‘भुवन केसी होइन । अर्के छ नि…चश्मा पनि लगाउछ । यतै पूर्वतिरको हो ।‘ म अल्मलमा परे, को हिरो हो हो । बूढा सम्झने प्रयास गर्दै फेरि बोले, ‘खै के जाती फिल्म पनि बनाएको छ ।‘ जुङा पालेको, चश्मा लगाउने, पूर्वैतिरको त्यसमाथि पनि फिल्म बनाउने हिरो चाहि को होला ? मलाई ठम्याउन मुश्कील पर्यो ।

(more…)


October 31st, 2008 |



सिक्वेल चलचित्रमा चाहिँ नपछारियौ है साथी हो…

चर्तिकला 5 Comments »

अहिले नेपाली चलचित्रकर्मीहरु पनि श्रृंखला चलचित्र बनाउनतिर अग्रसर भएका छन् । हलिउड र बलिउडमा झै यहाँ पनि त्यो क्रम सुरु भइसकेको छ । रेखा थापाको ‘हिम्मत’ सफल भएपछि त्यसैका निर्देशक दीपक श्रेष्ठले आफै निर्माता भएर ‘हिम्मत २’ निर्माण गरिसकेका छन् भने निर्माता राजकुमार राईले ‘पापी मान्छे’ को ब्यावसायीक सफलता पछि ‘पापी मान्छे २’ निर्माण गरिसकेका छन् । त्यस्तै, ‘क्यारेङ ग्याङ’ नामक भिडीयो चलचित्रको प्रदर्शनपछि उदय सुब्बाले अहिले निखिल उप्रेतीलाई प्रमुख भूमिकामा लिएर ‘क्यारेङ ग्याङ २’ निर्माण गरिरहेका छन् । पुरानो सफल चलचित्र ‘कुसुमे रुमाल’ पनि अहिले ‘कुसुमे रुमाल २’ बन्दै छ । यि त भए एउटा चलचित्रको सफलता पछि त्यसैको अर्को भाग स्वरुप बनाइँदै गरिएका चलचित्रह्ररु । ठूलो पर्दाका चलचित्र बाहेक टेलिश्रृंखलाहरु पनि ‘पार्ट २’ भएर आउन थालेका छन् नेपालमा । मेलीना मान्नधर र महेन्द्र बुढाथोकीको ‘करुणा २ ‘ अहिले नेपाल टेलिभिजनबाट प्रसार भइरहेको छ । (more…)


October 5th, 2008 |



पूजना ‘स्त्री’ अर्को लिङ्ग परिवर्तन नगर ल…

चर्तिकला 30 Comments »

पूजा प्रधानबाट पूजना प्रधान हुँदै अहिले पूजना ‘स्त्री’ भएकी छिन् यिनी । उनको शरीरले नै देखाउँछ की उनी ‘स्त्री’ हुन भनेर तर फेरि पूजना ‘स्त्री’ किन त ? कि त आफ्नो ‘स्त्रीत्व’ माथि आफैलाई बिश्वास नलागेर मान्छेहरुको अगाडि आफूलाई ‘स्त्री’ भनेर चिनाउनु परेको ? यो प्रश्न पनि यक्ष बनेर खडा भएको छ हिरोइन पूजाको अगाडि । ‘हिरो’ चलचित्रबाट हिरोइन् बनेकी पूजा अहिले ‘पापी मान्छे २ ‘ मा आइपुग्दा कहिले नाम त कहिले टाइटल,थरले चेञ्ज भइसकेकी छिन् । र, साँच्चै अहिले त बानी बेहोरामा पनि उनको निकै परिवर्तन आएको छ । पहिला जस्ती छैनन् पूजना । उनलाई अचेल दर्शनशास्त्र निक्कै आउँछ । जीवन र जगतका कुरा गर्न उनलाई सायदै कसैले भेटाउला । जो मान्छे भेट्दा पनि ‘जय संगत’ उनको ओठबाट फुत्कीहाल्छ । धर्मकर्म, ध्यान, जपतपमा उनको निकै लगाव छ अहिले । अब पूजना प्रधान नभन्नु रे उनलाई पूजना ‘स्त्री’ भन्नु रे । उनलाई नमस्कार, हाइ हेल्लो नगर्नू, ‘जय संगत’ भन्नू रे । (more…)


October 5th, 2008 |

Tags: पूजना




‘राजा साहेब’ को मानमर्दन

चर्तिकला 4 Comments »

नेपाल सरकारले नेपाली चलचित्रलाई पनि बिदेशी चलचित्रसहर चलचित्र बिकाश शुल्क तथा एमजी -न्यूनतम ग्यारेन्टी) लगाएको बिरोधमा नेपाली चलचित्रकर्मीहरु -बिशेषगरी निर्माता तथा हलवालाहरु) ले चलचित्र बिकास बोर्डमा आयोजना गरेको धर्ना कार्यक्रममा कलाकार,निर्माता तथा निर्देशक नीर शाहले देखाएको उद्दण्डले अहिले नेपाली चलचित्र बृत्त तातेको छ । नीर शाहले चलचित्र संघको ब्यानर तानेर,’यिनीहरु बिदेशी फिल्मका दलाल हुन् । यिनीहरुले नै बिरोध गर्ने ?’ भनेर आक्रोशीत भएका थिए । बिचरा नीर राजाको उक्त क्रियाकलापबाट हलवाला निकै आक्रोशीत बनेर राजालाई झण्डै गोदेका । नीर शाह जस्तो मान्छेलाई हलवालाहरु प्रदिप उदय र राजकुमार पोखरेलले गरेको ब्याबहारले त्यहाँ ‘धर्ना दिन’ भेला भएका चलचित्रकर्मीहरुले ‘आम्मै’ को जिव्रो अनायासै टोकेका थिए । (more…)


October 2nd, 2008 |

Tags: Neer Shah




  • You are currently browsing the कलम कलिउड blog archives for October, 2008.

  • Categories

    • गतिविधि (1)
    • चर्तिकला (8)
    • जीवनको ऐना (2)
  • Archives

    • January 2010
    • June 2009
    • December 2008
    • November 2008
    • October 2008
    • September 2008
  • Recent Posts

    • सबैभन्दा कुन राम्री ?
    • फिल्म पाएपछि हिरोइनको पाटी
    • डेनी द डगबाट चोरेर इन्साफ
    • निर्देशक नरेश की अरुणिमा !!
    • फेसबुकमा नेपाली कलाकार
    • पैसा तिरिदिउँ यार !!
    • सिक्वेल चलचित्रमा चाहिँ नपछारियौ है साथी हो…
    • पूजना ‘स्त्री’ अर्को लिङ्ग परिवर्तन नगर ल…
    • ‘राजा साहेब’ को मानमर्दन
    • कृष्णेको ‘हिट हिरोइन’ बन्ने की ममता ?

© 2008 FilmNepal.com All Rights Reserved
RSS XHTML CSS Log in