कलम कलिउड

सबैभन्दा कुन राम्री ?
गाउँलेदेखि सूर्यचन्द्रसम्म २० वटा फिल्म निर्देशन गरेका निर्देशक दीपक श्रेष्ठले आफ्नो पहिलो फिल्म गाउँलेमा दीपाश्री निरौलालाई नायिकाको रूपमा ‘ब्रेक’ दिए । गोली सिसाको…को गीतबाट समेत चर्चित भएकी दीपाश्रीलाई मिलनसार र समझदार कलाकारको रूपमा व्याख्या गर्छन्, उनी । ‘म नयाँ थिएँ । जसका कारण राम्ररी खुलेर काम गर्न सकिनँ । तर, कलाकारले भने साथ दिएका हुन् ।’ गाउँलेमा बिपना थापा प्रमुख नायिका थिइन् । उनले पनि कुशल कलाकारको भूमिका निभाएको बताउँदै उनले भने, ‘म नयाँ भएर होला सायद, उनी रिजर्ब बस्थिनन् । मलाई पनि कता-कता असजिलो महसुस हुन्थ्यो । तर, भूमिकाअनुसार भने जमेर काम गरिन् ।’

गाउँले सफल भएपछि निर्देशक दीपक हौसिए आफैँ निर्माता बन्न । घोषणा गरिहाले- भाइ । हिरोइन कसलाई लिने ? त्यतिवेला जल शाह चल्तीमा थिइन् । जललाई हिरोइन लिन उनको घरसम्मै पुगेर कुरा पनि गरे । तर, जलले उनलाई राम्रो व्यवहार गरिनन् । ‘सायद उनले मलाई पत्याइनन्,’ फल्यासब्याकमा गए दीपक, ‘जलले पारिश्रमिक धेरै डिमान्ड गरिन् । उनको कुरा गर्ने स्टाइल पनि मन परेन । सायद मेरो फिल्म नखेल्ने मनसाय थियो क्यारे, ठुल्ठूला कुरा गरिन् । स्टार हो, अलि-अलि नखरा त सहनुपर्‍यो भनेर कोसिस गरियो । तर उनलाई लिन सकिएन ।’ जलले नटेरेपछि भाइमा उनले लिए, मेलिना मानन्धरलाई । ‘मेलिना समझदार । भनेको पारिश्रमिकमा काम गरिन् । सुटिङमा कुनै टेन्सन दिइनन् ।’ उनले भने, ‘त्यसपछि उनीसँग काम गर्ने मौका मिलेको छैन ।’ गाउँलेपछि आफ्नो अर्काे फिल्ममा पनि दीपाश्रीलाई लिने कुरा चलाए पनि उनी टेलिसिरियलतिर लागेकाले खेल्ने इच्छा नदेखाएको उनले बताए ।

जीवनसाथी, दीपकले निर्देशन गरेको तेस्रो फिल्म हो । जसमा उनले सोलो हिरोइन लिए- झरना थापालाई । सुटिङताकाको एउटा नमीठो प्रसंग पनि कोट्याए-बैरेनीको बेसक्याम्पमा सेट लगाएर जीवनसाथीको क्लाइमेक्स सुटिङ भइरहेको थियो । झरनाले आफू सोलो हिरोइन भएको फिल्म छाडेर काठमाडौंमा सुटिङ भइरहेको उगेन छोपेलको बादलपारि फिल्मको एउटा गीतको टुक्रामा नाच्न जानका लागि हतारो गरिन् । त्यसकारण क्लाइमेक्स ठोकठाकमा सिध्याउनुपर्‍यो । यसमा पनि आफू नयाँ भएकाले नगनेको हो कि भन्ने भान परेको रहेछ उनलाई । ‘म त सानो डाइरेक्टर, भर्खरै तेस्रो फिल्म गर्दै गरेको । उगेन छोपेल, विनोद शेरचनको फिल्म भनेपछि मेरो फिल्मलाई त बालमतलब !’ दीपकले भने, ‘त्यतिवेला उनी प्रोफेसनल थिइनन् ।’

अजम्बरी मायामा दीपकले पहिलोचोटि सँगै काम गरे निरुता सिंहसँग । ‘निरुता सबै कुरामा पर्फेक्ट । मिलनसार, कलाकारिता बुझेकी, सिनियरलाई रेस्पेक्ट गर्ने, अभिनय पनि उत्तिकै राम्रो ।’ त्यसपछि उनका अन्य आधा दर्जन फिल्ममा काम गरेकी निरुताको तारिफ गर्दै उनले थपे, ‘म त भन्छु, निरुता आजसम्मकै सबैभन्दा राम्री हिरोइन हुन् । उनका हरेक पक्ष पूर्ण छन् ।’ अजम्बरी माया मा उनले अरुणिमा लम्साल र कादम्बीनी पाण्डे, दुई जना युवतीलाई छोटो भूमिकामा प्रस्तुत गरे । अरुणिमा अहिले चर्चित नायिकाको कोटीमा पर्छिन् भने कादम्बिनी त्यसपछि ग्रहण फिल्ममा सहनायिका भई देखापरिन् । ग्रहण नचलेपछि उनलाई अरू फिल्ममा देख्न पाइएको छैन । अरुणिमाको अहिलेको सफलताको तारिफ गर्छन् उनी । ‘अरुणिमामा त्यतिबेलै प्रचुर मात्रामा कलाकारिता देखेको थिएँ,’ निर्देशकसाहेबले भने, ‘पछि आफूलाई प्रमाणित गर्दै गइन् ।’

निर्देशक दीपकले अर्काे फिल्म निर्देशन गरे, आफ्नोपन । जसमा निरुता सिंहका साथै मुना कार्की र अनिता अधिकारी पनि नायिकाको रूपमा थिए । ‘मुना सहजताका काम गर्ने, लामो-लामो संवाद पनि एकचोटिमै बोल्न सक्ने खुबी भएकी नारी हुन्’ मुनाको सवल पक्ष केलाउँदै अनिताको दुर्बल पक्षको बारेमा बोले उनी, ‘त्यतिवेलै अनितामा जीवन्त अभिनय गर्ने क्षमता न्यून थियो । नृत्यमा पनि कमजोर । सायद त्यही कारणले उनी स्थापित भएको देख्न नपाइएको ।’

दुःख निर्देशक दीपकको हिट फिल्ममध्ये एक हो । जसमा निरुताका साथै सौजन्या सुब्बा पनि थिइन् । निरुताको कुरा गर्न त के बाँकी रह्यो र ! सौजन्याको बारेमा उनले भने, ‘त्यतिवेलै सबैले उनको पर्फमेन्सको तारिफ गरेका थिए । बीचमा कता-कता सिरियलतिर लागिन् । अहिले ठूलो फिल्म खेलेकी छिन् भन्ने सुनेको छु । उनी सम्भावना बोकेकी हिरोइन हुन् । अरूभन्दा पनि अभिनयले खान सक्छिन् उनी ।’

राम-लक्ष्मण फिल्ममा पनि फेरि निरुतासँग काम गरे उनले । थप थिइन्, उषा पौडेल । उषालाई राम्रो रोल दिएको भए पनि उनले आफूलाई सहज रूपमा प्रस्तुत गर्न नसकेको बताउँदै उनले भने, ‘काममा ध्यानकेन्दि्रत गर्न नसकेको पाएँ ।’ त्यतिवेला उषाले बच्चाको जस्तो व्यवहार देखाएको स्मरण गर्दै उनले सम्भिmए, ‘पोस्टरमा आफ्नो फोटो राखिएन भनेर मेरो कुरा काट्दै हिँडिन् । पोस्टरमा कसको फोटो राख्ने, कसको नराख्ने भन्ने कुरा त निर्माता निर्देशकको बिजनेस पोलिसी हो नि ! त्यो उनले बुझिनन् । जसका कारण उनी प्रोफेसनल लागिनन् मलाई ।’ त्यसपछिका उनका फिल्ममा उषा दोहोरिएकी छैनन् ।

नायिका सज्जा मैनालीसँग पहिलोचोटि भाइ-भाइमा काम गरेका निर्देशक दीपक उनको कामबाट निकै प्रभावित भएको बताउँछन् । ‘कलाकारकी छोरी, सबैलाई उत्तिकै आदर गर्ने । अभिनय, नृत्य तथा संवाद सम्प्रेषण शैली पनि अब्बल । अनि पूर्ण व्यावसायिक । कमजोर पक्ष केही देखिनँ,’ सज्जाको अभाव खड्किने गरेको बताउँदै उनले भने, ‘सज्जा कलाकारिताले भरिपूर्ण कुशल नायिका थिइन् ।’

रेखा थापासँग हिम्मतमा पहिलोचोटि सँगै काम गरेका उनले भने, ‘हिम्मतमा रेखा तेब्बर भूमिकामा थिइन्,’ अलि स्पष्ट पाराँै न ! अनि उनले खोले, ‘डबल रोल त्यसमाथि त्यो फिल्मको निर्माता पनि उनी आफँै । भएन त तेब्बर ।’ रेखा निकै व्यावसायिक र फिट नायिका भएको बताइसकेका छन् उनले ।

दीपकले निर्देशन गरेका मध्येमा अहिलेसम्म कम व्यवसाय गरेको फिल्म आमाको आशीर्वादमा उनले फेरि लिए निरुतालाई । पहिलोचोटि काम गरे सञ्चिता लुइँटेलसँग । ‘नरम स्वभाव । अहमताविहीन । अभिनय, नृत्य, लुक्स पनि पर्फेक्ट ।’ सञ्चिताको बारेमा उनले भनेे, ‘सरिफ हिरोइन । उनीसँग अहिलेसम्म पनि सौहार्दपूर्ण सम्बन्ध छ ।’

करिश्मा मानन्धरलाई पहिलोचोटि निर्देशन गरे निर्देशक दीपकले पापी मान्छेमा । ‘एउटा सपना थियो, उहाँसँग काम गरूँ भन्ने,’ उनले बताए, ‘उहाँ मान्छे मात्र राम्रो नभई काम पनि उत्तिकै राम्रो । डे्रसअप सेन्स पनि भएकी । आफँै डे्रस डिजाइन गर्ने । कलाकारिताले भरिपूर्ण ।’ यति हुँदाहुँदै पनि करिश्माको चित्त नबुझ्दो पक्ष पनि उजागर गरे उनले- अलि मुडी टाइपकी । अरूको कठिनाइ नबुझ्ने । कुन वेला के जंग चल्छ, सुटिङमै नआइदिने । यो बानी भने सुधार्न जरुरी देख्छु म ।’

नायिका सज्जासँग कृष्ण-अर्जुन फिल्ममा फेरि सँगै काम गरेका निर्देशक दीपकले त्यसपछि नायिका झरना थापाको निर्माणमा तक्दिर फिल्म निर्देशन गरे । त्यतिवेला भने उनलाई लाग्यो, झरना प्रोफेसनल भइसकिछन् । ‘निकै सौहार्द

वातावरणमा काम गरियो । कुनै टेन्सन भएन ।’ उनले भने, ‘फिल्म पनि त सुपरहिट भयो नि ! झरनाले पहिलोचोटि बेस्ट हिरोइनको अवार्ड जितिन् । झरनाको करिअरको टर्निङ प्वाइन्ट बन्यो त्यो फिल्म ।’ झरना अहिले निकै प्रोफेसनल भएको बताउँदै उनले थपे, ‘उहाँ सबै कुरामा पर्फेक्ट हुनुहुन्छ । विगतका कमी-कमजोरीलाई पूर्ण रूपले सुधार्नुभएको छ ।’

निर्देशक दीपकले पर्खी बसें फिल्ममा यमुना उप्रेती -अचेल युना) लाई सोलो हिरोइन लिए । साइबर संसारमा फोटो हेरेर अडिसन लिइ हिरोइनका लागि छनौट गरेको बनाउदै उनले भने,’युना अभिनय, नृत्य, सम्वाद सम्प्रेषण, सबै कुरामा पूर्ण छिन् । उनको हाइटले पनि साथ दिएको छ । देख्दैमा हिरोइन लाग्छिन उनी,’ युनाको प्रसंसा अझै थप्दै उनले भने,’उनको स्वर पनि निकै मिठो छ । मिलनसार, अहमता छैन । आउदो दिनकी उदाउदी नायिका हुन उनी ।’ निर्देशक दीपक नायिका युनाको गडफादर मानीन्छन् । ‘आफुले ल्याएको कलाकारको संरक्षण पनि आफैले गर्नुपर्छ भन्ने मान्यता मेरो छ । त्यसकारण पनि उनलाई मेरा प्राय फिल्ममा खेलाएको छु,’ स्पष्टिकरण दिदै उनले भने,’उनी आफैमा योग्य छिन् जसकारण उनी दिनानुदिन सफतान्मुख छिन् ।’ आफैले निर्माण गरेको हिम्मत २ फिल्म उनले युनालाई दोहोरो भूमिकामा अभिनय गराएका छन् । ‘हिम्मत २ रिलीज भएपछि बल्ल सुरु हुन्छ युनाको असली करिअर’, भबिष्यवाणी गर्दै उनले भने,’त्यो फिल्ममा उनले द्धन्द्धका खतरनाक स्टण्टहरु गरेकी छिन् । जुन कमैले मात्र गर्न सक्छन् । युनालाई चम्काउनेछ यो फिल्मले ।’

उनको सपना थियो रे, पुरानी नायिका तृप्तीसँग काम गर्ने । ‘त्रिशुलमा पूरा भयो,’ सानैमा तृप्ती अभिनीत सम्झना फिल्म हेरेको बताउदै निर्देशक दीपकले भने,’एक दमै माइडिएर, हासीहासी काम गर्ने । उहिल्यैदेखि अहिलेसम्म पनि उत्तिकै चार्मीङ । निकै रमाइलो स्वभावकी । साँच्चीकै हिरोइन लाग्यो उनी ।’ त्रिशुल फिल्मले दिपकले अर्की नायिका नन्दिता केसीलाई आफ्नो निर्देशनमा काम गराए । नन्दिता सोझी लाग्यो उनलाई । ‘स्पटमा पनि धेरै नबोल्ने । नखरा पनि नपार्ने । सरल मिजासकी ।’ नन्दिताको कमजोर पक्ष पनि याद गरेका रहेछन् उनले । भने,’सबै कुरा औसत हो । तर उनले कुनै कुनै सम्वाद प्रस्टसँग बोल्न नसकेको पाएको छु । कोसिस गरे सुर्धान सकिन्छ । अलि दमदार बनाउन जरुरी छ ।’

पूजना प्रधानलाई भने माझीएकी हिरोइनको रुपमा बुझेका रहेछन् उनले । पापी मान्छे २ मा पहिलोपटक पूजनालाई आफ्नो निर्देशनमा काम गराएका दीपकले भने,’उनीमा नर्वसनेस, संकोच भन्ने कुरै छैन । निकै कन्फीडेन्टका साथ अभिनय गर्छिन । डाइलग डेलीभरी, डान्समा पनि पर्फ]{ट पाएँ ।

फेरि युनालाई खेलाए पहिलो पहिलो माया फिल्ममा उनले । त्यसपछि उनले निर्देशन गरेको फिल्म हो यही मायामा भने नयाँ हिरोइन लिए, जानकी -अचेल जिया) केसी । अहिलेकी सबैभन्दा सून्दर नायिका लाग्छ जिया उनलाई । ‘कता कता करिना कपुर र केट्रिना कैफको लुक्स आउछ जियामा’, जियाको कमजोर पक्ष पनि केलाए उनले,’आउटलुक, अभिनय राम्रो भए पनि नृत्यमा भने अझै मेहनत गर्नुपर्छ उनले ।

पछिल्लो समयमा सूर्यचन्द्र फिल्म निर्देशन गरेका दीपकले त्यो फिल्ममा युनाका साथै निर्माता रम्भा ओली -अहिले मुरारी पोखरेल मात्रै) की श्रीमति शुभश्री नायिका छन् । ‘शुभश्रीको इन्ट्री नै ढिलो भएजस्तो लाग्यो,’ सुन्दरता र अभिनय राम्रो भए पनि नायिका बन्न ढिलो भएको अनुमान गर्दै उनले भने,’कोसिस गरे नहुने के छ र ?’

अब निर्देशक दीपकले रेखा थापा, चिरञ्जीबि बस्नेत र गोपीकृष्ण मुभीजका चार वटा फिल्म निर्देशन गर्दैछन । ती चार फिल्ममा माथि उल्लेखीत मध्येकै हिरोइन रहने बताउदै उनले भने,’नयाँ हिरोइन पनि चाहिएको छ । पाइएको छैन ।’

फिल्म पाएपछि हिरोइनको पाटी
आफ्नो हातमा फिल्म पार्न हिरोइनहरु कतिसम्म हर्कत गर्छन भन्ने कुरा त फिल्मकर्ममा लागेका अधिकांशलाई थाहै छ । तर, आफूले आफ्नो दुश्मन ठान्ने हिरोइनलाई फुत्काएर त्यो फिल्म आफ्नो हात पार्न सफल भएमा भने त्यो हिरोइन कति खुशी होली ? यस्तै भयो गत साता अरुणीमा लम्सालको सन्दर्भमा । उनलाई निर्माता सुशील पोखरेलको नीगरानी फिल्म हात परेपछि त के चाहियो र ? पहिला रेखा थापालाई खेलाउने पक्का भएको निगरानीमा रेखा खेल्न नभ्याएपछि त्यो फिल्म अरुणीमाको हात पर्‍यो । अर्काले छोडेको फिल्म हात पर्दा उनलाई निकै गर्व महसुस भयो । अनि त सुरु भइहाल्यो छिन्छिन्मा निर्माता,निर्देशकलाई फोन गर्ने क्रम । फोनमा चिया पिउनु भयो, खाजा खानु भयो ? खाना खानु भयोदेखि लिएर तरकारीमा नून कति लागेको थियो भन्नेसम्मका ‘आत्मीय’ कुरा सोध्नु हुन लाग्यो । निर्माता सुशील भने अरुणीमाको फोन आएपछि सबै काम छोडेर, यतिसम्मकी चलाइरहेको गाडी साइड लगाएर भएपनि मोबाइल उठाउन ब्यस्त हुन थाले । मोबाइलमा सुशील बोल्छन्,’अँ नानू, के छ तिम्रो हाल खबर ? कहाँ भेट्ने ?’ आदि आदि ।

त्यसैबीच, फिल्म पाएको खुशीयालीमा अरुणीमाले निर्माता,निर्देशक, क्यामेराम्यान तथा अन्य केहीलाई पार्टी दिइन् । हिरोइनको पार्टी खाएर हल्लीदै आएका क्यामेरा म्यान कृष्ण श्रेष्ठले चुरोट सल्काउदै भने,’आज भुँडी फुट्ने गरी अरुणीमाको पार्टी खाइयो । वा अरुणीमा…

‘ल बधाइ तिमीलाई । हामीलाई पनि पार्टी दिने हो की ?’ थाह पाएजति सबैले यसो भन्ने गरेका छन् अचेल अरुणीमालाई । अरुणीमाले भने, ‘मैले पार्टी दिएको अरु हिरोइनलाई नभन्नु है । मोरीहरुले फिल्म हात पार्ने आइडिया जान्छन्’ भनेर पन्छीने गरेकी छिन् ।

डेनी द डगबाट चोरेर इन्साफ
सोभीत बस्नेतले निर्देशन गरेको इन्साफ नामको फिल्म अहिले काठमाण्डौका केही हलमा चलिरहेको छ । उनी इन्साफ फिल्मको कथालाई बवाल, अत्यन्तै नौलो कथा भनेर फलाक्छन् । तर, अपशोच उनको इन्साफ जेट्लीको डेनी द डग नामक अंग्रेजी फिल्मबाट हुबहु उतारिएको छ । हुन त सोभीतले अहिलेसम्म कुन चाहिँ फिल्म गतिलो,मौलीक कथामा बनाएका छन् र ? तर, सँधै हिन्दी फिल्म चोरेर नेपालीकरण गर्ने सोभीतले इन्साफ भने अंग्रेजी फिल्मबाट चोरे । त्यो पनि जेट्लीको र अनि सुपरहिट फिल्मबाट । उनले सोचेका थिए ,नेपाली दर्शकले अंग्रेजी बुझदैनन्, त्यसैले उनीहरुले अंग्रजी फिल्म हेरेकै हुदैनन् । म मात्र बाठो छु, सजिलै बेकुफ बनाउन सक्छु । तर,सोभीतको यो आइडियाले घुडा टेकेको छ । उपत्यका बाहिर फ्लप भएर बल्लतल्ल काठमाण्डौमा लागेको इन्साफको हालत बिजोग छ ।

डेनी द डगमा नायक जेट ली एउटा बफादार कुकु्रको भूमिकामा छन् । उनको घाटीमा कुकुरलाई झै पट्टी लगाइदिए पछि मालीकको आदेशको आँखा चिम्लीएर पालना गर्छन । इन्साफमा भने निखिल उप्रेतीले कुकुरको भूमिका निभाएका छन् । डेनी द डग मा झै इन्साफमा पनि निखिल आफ्नो मालिक बनेका कमेडी भिलेन बिक्रान्त बस्नेतले जे भन्छन्,त्यही गर्छन् आँखा चिम्लीएर । इन्साफ हुबहु चोरिएको छ ।

यो कुरा निर्मात्री बनेकी कृषा चौलागाइँलाई थाहै रहेनछ । उनलाई त यो कथा बबाल लागेर पैसा लगाएकी हुन रे । मेन भिलेनको रोल निभाएका धीरेन शाक्यलाई पनि फोटोकपी कथामा खेलेको कुरा थाह रहेनछ । भन्छन्, ‘ए हो र ? मलाई त इन्साफको कथा बहुत गजबको लागेको थियो । सोभीतले चोरेको रै छ ।’ कमेडी भिलेन बनेका बिक्रान्तले पनि आफूलाई चोरिएको फिल्म खेलेको छु भन्ने पत्तो नभएको बताउछन् ।

कुकुर बनेका नायक निखीललाई भने यो कुरा थाह रहेछ । भने, ‘के गर्नू यार, प्रोड्युशर,डाइरेक्टरले नै हुबहु चोरेर फिल्म बनाउँछन् । म त कलाकार हुँ, खेल्छु । यस्तो फोटोकपी नै भने गर्नुहुदैन ।’

निर्देशक नरेश की अरुणिमा !!
सुटिङ सुरु भएको पहिलो दिनमै ‘बाटो परेर’ नक्सालको अनमोल क्याटरिङमा एकछिन् नरेश पौडेलको निर्देशनमा निर्माण भइरहको ‘दीपशीखा’ को सुटिङ हेर्ने मौका पाइयो । निर्देशक पौडेल क्रेनमाथि राखेको क्यामेराबाट सर्ट लिन क्यामेराम्यानलाई गाइड गरिरहेका थिए । उक्त चलचित्रकी नायिका अरुणीमा लम्साल निर्देशक पौडेलकै वरपर घुम्दै थिइन् । बिहेको यज्ञबाट केटीको बाबुले आफ्नो छोरी घिच्याउदै लग्ने अनि दुलहा लगायत अन्य जन्तीहरुले ट्वा परेर चुपचाप त्यो दृश्य हेरिरहने सट लिइदै थियो । कतिबेला क्रेन डाउन हुन ढिलो हुने त कतिबेला जुनीयर कलाकारहरुको र्याक्सन नपुग्नाल तीन ‘टेक’ सम्म पनि ‘सट ओके’ हुन सकेको थिएन । चौथो टेक निर्देशक पौडेललाई चित्त बुझ्यो, ‘आके कट इट’ भने । तर नायिका अरुणीमा निर्देशक नरेशको कानैमा आएर भनिन्,’सर, ऊ (जन्ती बनेको जुनीयर कलाकारलाई इंगीत गर्दै) त्यसले उता हेरेको थियो । अरुहरुको पनि र्याक्सनै पुगने ।’ निर्देशक पौडेलले अरुणीमाको कुरा सुनेपछि फेरि सबैलाई यसो गर्नू, उसो गनू भन्दै सिकाएर त्यो सट फेरि खिच्न लगाए ।

यो कुराबाट के देखिन्छ भने, निर्देशक पौडेल हुन की अरुणीमा ? हिन्दी फिल्म चोरचार गरेर नरेशले ‘दीप शिखा’ को ‘स्त्रिप्ट राइटर’ मा नायिका अरुणीमाको नाम त लेखाए लेखाए । यस्तै चाल रहिरहने हो भने भोलि यो फिल्मको निर्देशकमा उनै प्यारी अरुणीमाको नाम नआउला भनेर ठोकुवा गर्न कहाँ सकिन्छ र ? होइन र ? छोरी अरुणीमाले निर्देशक पौडेलको कानमा खुसखुस गरेपछि त्यही सट अर्को टेक लिने अर्डर भएपछि अरुणीमाकी आमा राधाको अनुहारमा गजबको चमक आएको स्पष्ट देखिएको थियो । ल है बधाइ छ अरुणीमालाई !

फेसबुकमा नेपाली कलाकार
युवा जमातबीच लोकपि्रय ‘फेसबुकडटम’मा नेपाली चलचित्र, संगीत फाँटका केही कलाकारले पनि आफ्नो उपस्थिति जनाएका छन् । फेसबुकमार्फत आफ्ना सन्देश साथीहरूमाझ पुर्‍याउने कलाकारमा नायक राजेश हमाल, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य (महजोडी), भुवन केसी, भूपेन चन्द, नायिका झरना बज्राचार्य आदि छन् । राजेश पायल राई, क्रान्ति आले, मोहित आचार्य, निमा रुम्बालगायतका गायक पनि यो साइटमा भेटिन्छन् । तर, अचम्म के छ भने फेसबुकमा उनीहरूका साथीहरू, सन्देशहरू भए पनि कतिपय कलाकारलाई फेसबुक भनेको के हो ? आफ्नोबारेमा कसले म्यासेज अपडेट गरिरहेको छ भन्ने थाहै छैन ।

फेसबुकमा हास्य कलाकार हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ (महजोडी) को फ्यान क्लबमा अहिलेसम्म ६ सय १५ जना शुभचिन्तक छन् । तर, यो कुरा न त ‘म’ लाई थाहा छ न त ‘ह’ लाई नै । हरिवंशले भने, ‘ए हो र ? हामी (मदनकृष्ण श्रेष्ठ र हरिवंश) ले त त्यस्तो केही गरेका छैनाँ । मलाई यसबारे थाहै छैन । कोही मित्रले हाम्रोबारे प्रकाशन गर्नुभएको होला । …मेरो छोरो मोहितले कता हो हल्का कुरा गरेजस्तो लागेको थियो । तर, कार्यव्यस्तताका कारण बाबु-छोराको राम्ररी कुरा पनि हुन पाइरहेको छैन । मौका मिलाएर हेर्नुपर्ला ।’

‘मह’ को झै फेसबुकमा नायक राजेश हमालको पनि फ्रयान क्लब छ । फेसबुकमा हमाल आफँले एकाउन्ट खोलेर आफ्नो ‘इन्र्फमेसन, म्यासेज’ राखेका हुन् कि अरू कसैले हो भन्नेमा नायक हमाल बेलायत गएकाले उनीसँग प्रत्यक्ष सम्पर्क हुन त सकेन, तर उनको पारिवारिक स्रोतका अनुसार यसबारे उनलाई केही पनि जानकारी छैन ।

हास्य कलाकार मनोज गजुरेल पनि फेसबुकका आकर्षण हुन् । उनको देउसी गीत तिहार नआउँदै फेसबुकसाथीले हेर्न पाइसकेका थिए । उनले आफ्नो भिडियो एल्बम ‘फोटोकपी’ लाई प्रोफाइल फोटोमा राखेका छन् ।

फेसबुकमा अर्का स्टार-भुवन केसी पनि छन् । उनका थुप्रै’फ्रेन्ड, फ्यान’ छन् । तर, अपशोच यो कुरा नायक भुवनलाई पनि थाहा रहेनछ । नायक भुवनले भने, ‘खै, मलाई त यसबारे केही थाहा छैन । ए…हैन/हैन…मेरो एकजना साथीले गरिदिएको हो ।’ को साथी ? नाम भन्नुहोस् न । ‘नाम…खै यार, के पो हो, नाम…मेरो अर्कौ मोबाइलमा छ । मैले पनि हेरेको छैन । हेर्ने रहरचाहिँ छ ।’

फेसबुकमा असली ‘लग अनर’ कलाकारमा चाहिँ गायक राजेश पायल राई भेटिए । उनले आफ्नोबारे ‘लेटेस् म्यासेज, इन्फरमेसन्स’ अपडेट गर्ने गरेका छन् । राईका अनुसार उनले फेसबुकमा एकाउन्ट खोलेको झन्डै चार महिना भयो । ‘फेसबुकबाट मलाई धेरै फाइदा भएको छ । आफूले गरिरहेको कामको बारेमा तत्काल मान्छेसमक्ष सन्देश पठाउन, नयाँ-नयाँ साथी बनाउन निकै सजिलो भएको छ । तर, के गर्नू म कार्य व्यस्तताका कारण आफैँले ‘लग अन’ गरिरहन सक्दिन । मेरा साथीहरू हुनुहुन्छ, उहाँहरूले मेरो म्यासेज अपडेट गरिदिनुहुन्छ । अहिले मेरो फेसबुकमा अर्थमन्त्री डा. बाबुराम भट्टराई पनि ‘फ्रेन्ड’ हुनुभएको छ । भगवान् जाने त्यो मन्त्रीज्यू आफैँले गर्नुभएको हो कि अरू कसैले हो । अचम्म लागेको छ ।

पैसा तिरिदिउँ यार !!
पत्रकारिताको क्रममा त नभनै तर फिल्मकारिताको क्रममा चाहिँ पक्कै हो । भर्खरै, तिहारको पूर्व सन्ध्यामा पूर्वी नेपालको झापा जिल्लाको काँकडभिट्टा पुगीएको थियो । त्यहाँ झण्डै दश दिन बिताइयो । त्यहाँ, बाहुनडाँगी रोडको होटल कञ्चनजङ्घामा बसीयो । होटल बसाइको क्रममा होटल मालिकसागको हेलमेल, कुराकानी त सामान्य नै भइहाल्यो । ‘के काम गर्नु हुन्छ ?’ होटल मालिक, हजुर बाका उमेरका शर्मा बूढाले सोधे । ‘फिल्म पत्रकारिताको साथै फिल्मको स्क्रीप्ट लेख्ने काम पनि गर्छु । ‘ मैले भनें । मेरो कार्यबिबरण सुनेर बूढाले एक्कासी सोधे, ‘तपाई, त्यो हिरो छ नि…अ..के नाम हो…अ जुङा पालेको छ नि…‘  जुङा पालेका हिरोहरु कति छन् छन् कसरी चिन्नू, मेरो मनमा फ्याट्ट भुवन केसीको याद आयो । ‘भुवन केसी‘ । बूढाले ‘होइन‘ भने । ‘भुवन केसी होइन । अर्के छ नि…चश्मा पनि लगाउछ । यतै पूर्वतिरको हो ।‘ म अल्मलमा परे, को हिरो हो हो । बूढा सम्झने प्रयास गर्दै फेरि बोले, ‘खै के जाती फिल्म पनि बनाएको छ ।‘ जुङा पालेको, चश्मा लगाउने, पूर्वैतिरको त्यसमाथि पनि फिल्म बनाउने हिरो चाहि को होला ? मलाई ठम्याउन मुश्कील पर्यो ।

‘खै बुबा कुन चाहि हो । अलि गाह्रो पर्यो । के भयो र भन्नुस् न ।‘ अनि बूढाले भने,’हेर्नुस न बाबु झण्डै चार बर्ष भइसक्यो त्यो हिरोले यहा बसेर खाएको साढे २२ हजार रुपैया तिरेको छैन भन्या । डेढ महिना बस्यो दशैतिहारमा पनि घर गएर । आफ्नै परिवारको मान्छे झै भएर बस्यो । साढे २२ हजार बिल भएको थियो । मसाग अहिले पैसा छैन । काठमाण्डौ गएर पठाइ दिन्छु भनेर हिडेको अहिलेसम्म एक सुक्को पनि पठाएको छैन । कान्छो छोराले काठमाण्डौमै गएर बिल दियो । भोलि भोलि भन्दा भन्दै पैसै दिएन ।‘

मलाई अचम्म लाग्यो । कुन चाहिा हिरो होला त ? जुङा, चश्माधारी नेपाली हिरो सम्झदै गएा । याद आएन । त्यसै बीच त्यस होटलका वास्तबिक मालिक, शर्मा बूढाका जेठा छोरो आए । बूढाले छोरालाई सोधे । ‘हाम्रो साढे २२ हजार खाएर भाग्ने हिरोको नाम के रे जेठा ?’ जेठा दाइले फ्याट्टै भनिहाले,’सीमान्त उदास । ‘ उनले अगाडि थपे, ‘चार वर्ष जति भयो । ‘शुभकामना‘ फिल्म चलाउन आएको हु भनेर मेरो होटलमा बस्यो । जाने बेलामा मसाग पैसा छैन । काठमाण्डौ पुग्ने बित्तिकै पठाइ दिन्छु भनेर हिड्यो । हामीले पनि हिरो जस्तो मान्छे । पैसा पठाइदिइ हाल्छ भन्ने ठान्यौ । तर, उसले पैसै पठाएन । हामीले पैसा दिइ हाल्ला भनेर उसको खोजी नै गरे नै तर हेर्नस् त हाम्रो जस्तो यो सामान्य होटलमा चार चार वर्षर्देखि त्यत्रो पैसा अड्काइदिदा के हालत भएको होला । तपाई सोच्नुहोस् त । लौन, काठमाण्डौमा कतै त्यो भेटियो भने हाम्रो गुनासो सुनाइ दिनुहोला न । हामी जस्तो मान्छेको त्यत्रो पैसा खाएर तिर्न नखोज्न फिल्मलाइनको मान्छेप्रतिको श्रद्धा, बिश्वास नै हराउन आट्यो हाम्रो त ।‘ त्यसै क्रममा उनले ‘आमाको काख‘ चलचित्रका निर्देशन बिजय केरुङले पनि आफ्नो होटलमा पैसा तिर्न बाँकी रहेको कुरा बताउदै, ‘उ पनि भाग्यो । अचेल यहाँ आउदैन । बिर्तामोडतिरको होटलमा बस्छ रे । त्यता पनि पैसा नतीरेर धुरुक्कै बनाएको छ रे । सीमान्तले पनि बिर्तामोडमा पैसा तिर्न बााकी छ रे ‘ भने ।

अर्को दिन होटलवालाका कान्छो भाइले कताबाट हो कुन्नी सिमान्त उदासको नम्बर पत्ता लगाएर सीमान्तलाई फोन गरेर उनले तिर्न भएको पैसा मागे । तर, सीमान्तले पैसा दिने कुनै सुरसार नै कसेनन् । उनले फोनमा भने (मोबाइल ह्याण्ड्स् फ्री थियो ) ‘ए भाइ, अहिले मसाग पैसा छैन । मैले अहिले ‘मिसन नेपाल‘ भन्ने फिल्म बनाइरहेको छु । त्यो फिल्म बनेर चलेपछि पैसा उठ्छ । अनि पैसा पठाइ दिउला है….‘ भनेर फोन काटे ।

ल अब अनुमान गर्नुस्, सीमान्तको फिल्म कहिले बनिसक्ला, कहिले प्रदर्शनको पालो पाउला र प्रदर्शन होला अनि पैसा उठ्ला र त्यो होटेलको पैसा तिर्लान  ? त्यत्रो पचास लाख रुपैयाा लगाएर फिल्म बनाउने मान्छेले साढे २२ हजार रुपैयाँ तिर्न पनि त्यति धेरै समय लगाउने ? सीमान्त, बिजय केरुङको ती होटलवालाहरुप्रतिको ब्यावहारले गर्दा उनीहरुको मस्तिष्कमा ‘फिल्म लाइनका मान्छेहरु जाली, फटाहा, ठग हुन्छन् । उनीहरुले धोका दिन्छन् ।‘ भन्ने भ्रम परेको छ । त्यसैले प्लीज सीमान्त, बिजय तथा अन्य जो कोही पनि जसले कसैलाइै फिल्म लाइनको मान्छेको रुपमा परिचय दिए्र उधारोसुधारो खाएको छ भने अबिलम्ब पैसा तिरिदिउँ । ताकी भोली अन्य कुनै ठाउामा गएर फिल्म लाइनमा काम गर्छु भन्दा अर्को सीमान्त या अर्को बिजयले पैसा ठगेको कु्रा सुन्नु परेर आफै लज्जीत बन्नु नपरोस् । जे भए पनि बाँकी रकम तिरौं…एकै चोटी नसके पटकपटक गरेर किस्ताबन्दी रुपमा तिरौं । ताकी फेरि कुनै होटलवालाको मुखबाट फलानो फिल्मवालाले मेरो यति ठग्यो भनेर सुन्नु नपरोस् । नारायण ।

सिक्वेल चलचित्रमा चाहिँ नपछारियौ है साथी हो…
अहिले नेपाली चलचित्रकर्मीहरु पनि श्रृंखला चलचित्र बनाउनतिर अग्रसर भएका छन् । हलिउड र बलिउडमा झै यहाँ पनि त्यो क्रम सुरु भइसकेको छ । रेखा थापाको ‘हिम्मत’ सफल भएपछि त्यसैका निर्देशक दीपक श्रेष्ठले आफै निर्माता भएर ‘हिम्मत २’ निर्माण गरिसकेका छन् भने निर्माता राजकुमार राईले ‘पापी मान्छे’ को ब्यावसायीक सफलता पछि ‘पापी मान्छे २’ निर्माण गरिसकेका छन् । त्यस्तै, ‘क्यारेङ ग्याङ’ नामक भिडीयो चलचित्रको प्रदर्शनपछि उदय सुब्बाले अहिले निखिल उप्रेतीलाई प्रमुख भूमिकामा लिएर ‘क्यारेङ ग्याङ २’ निर्माण गरिरहेका छन् । पुरानो सफल चलचित्र ‘कुसुमे रुमाल’ पनि अहिले ‘कुसुमे रुमाल २’ बन्दै छ । यि त भए एउटा चलचित्रको सफलता पछि त्यसैको अर्को भाग स्वरुप बनाइँदै गरिएका चलचित्रह्ररु । ठूलो पर्दाका चलचित्र बाहेक टेलिश्रृंखलाहरु पनि ‘पार्ट २’ भएर आउन थालेका छन् नेपालमा । मेलीना मान्नधर र महेन्द्र बुढाथोकीको ‘करुणा २ ‘ अहिले नेपाल टेलिभिजनबाट प्रसार भइरहेको छ ।

श्रृंखला चलचित्र बन्नु राम्रो कुरा भए तापनि एकपछि अर्को सिक्वेल चलचित्रको कथाबस्तुमा अन्तर नहुनु तथा पहिलो चलचित्रको सफलताको ‘हयाङ ओभर’ ले मातिएर दोश्रो चलचित्र जे पायो त्यही गर्नाले सिक्वेलै नाम नदिए तापनि नराम्ररी पछारिएका निर्माता, निर्देशकहरु पनि यहाँ थुप्रै छन् । टाढाको कुरा किन गर्नू, ‘दर्पण छायाँ’ को सफलताले गर्दा उल्कीएर तत्कालै ‘लहना’ बनाएका तुलसी घिमीरे कसरी पछारिए, सबै सामु घाम भन्दा पनि सङ्लोसँग स्पष्ट छ । त्यस्तै, दयाराम दहाल ‘ठूल्दाइ’ बाट चम्कीए पनि आफैले निर्माण गरेको ‘जेठो कान्छो’ बाट कसरी प्याक्कीए । शिब रेग्मी ‘आफ्नो मान्छे’, ‘सुखदुख’ बाट सबैको हाइहाइ भए । आफैले बनाएको ‘मानिस’ बाट बाइबाइ भए । सँधै एउटै ढर्रा, एउटै कथाका चलचित्र बनाउनाले धेरै जना जाकीएका छन् ।

श्रृंखला चलचित्र निर्माण गर्ने लहर कहिलेसम्म बौलीने हो, यसको आयु कति छ, हेरौला । तर जे होस्, एउटा चलचित्रको सफलताले मात्तिदा तुलसी घिमीरे, दयाराम, शिब रेग्मीहरु जसरी चाहिँ अताडिनु नपरोस् नि…नारायण…हरिहरि….

पूजना ‘स्त्री’ अर्को लिङ्ग परिवर्तन नगर ल…
पूजा प्रधानबाट पूजना प्रधान हुँदै अहिले पूजना ‘स्त्री’ भएकी छिन् यिनी । उनको शरीरले नै देखाउँछ की उनी ‘स्त्री’ हुन भनेर तर फेरि पूजना ‘स्त्री’ किन त ? कि त आफ्नो ‘स्त्रीत्व’ माथि आफैलाई बिश्वास नलागेर मान्छेहरुको अगाडि आफूलाई ‘स्त्री’ भनेर चिनाउनु परेको ? यो प्रश्न पनि यक्ष बनेर खडा भएको छ हिरोइन पूजाको अगाडि । ‘हिरो’ चलचित्रबाट हिरोइन् बनेकी पूजा अहिले ‘पापी मान्छे २ ‘ मा आइपुग्दा कहिले नाम त कहिले टाइटल,थरले चेञ्ज भइसकेकी छिन् । र, साँच्चै अहिले त बानी बेहोरामा पनि उनको निकै परिवर्तन आएको छ । पहिला जस्ती छैनन् पूजना । उनलाई अचेल दर्शनशास्त्र निक्कै आउँछ । जीवन र जगतका कुरा गर्न उनलाई सायदै कसैले भेटाउला । जो मान्छे भेट्दा पनि ‘जय संगत’ उनको ओठबाट फुत्कीहाल्छ । धर्मकर्म, ध्यान, जपतपमा उनको निकै लगाव छ अहिले । अब पूजना प्रधान नभन्नु रे उनलाई पूजना ‘स्त्री’ भन्नु रे । उनलाई नमस्कार, हाइ हेल्लो नगर्नू, ‘जय संगत’ भन्नू रे ।

पूजना कसरी पूजना ‘स्त्री’ भइन् त ? भन्ने कुराको अनुमान गर्दै एकजना सहकर्मी, बूढा पत्रकार बाले निधार खुम्च्याएर चुरोटको सर्के तानी ठुटो औलाका कापमा च्याप्दै शंखाको बाण फ्याक्दै भने,”द निर्मला’ नामक डकुमेन्ट्री फिल्ममा पुष्पराज पुरुष नायक भइ खेलेका छन् । त्यसमा नायिका चाहिँ पूजना छिन् । पक्कै पनि पुरुषको मेलले पूजना ‘स्त्री’ भएकी हुन् की ∕ कि कसो…हा हा..हा..।’

तर, जे होस्, पुजना, अब चाहिँ ‘स्त्री’बाट अर्को कुनै लिङ्गी नहुनु है । बाँकी लिङ्गी त के हो ? त्यो त तिमीलाई पनि थाहै छ नि…सम…नारायण । हरि हरि…जय संगत ।

‘राजा साहेब’ को मानमर्दन
नेपाल सरकारले नेपाली चलचित्रलाई पनि बिदेशी चलचित्रसहर चलचित्र बिकाश शुल्क तथा एमजी -न्यूनतम ग्यारेन्टी) लगाएको बिरोधमा नेपाली चलचित्रकर्मीहरु -बिशेषगरी निर्माता तथा हलवालाहरु) ले चलचित्र बिकास बोर्डमा आयोजना गरेको धर्ना कार्यक्रममा कलाकार,निर्माता तथा निर्देशक नीर शाहले देखाएको उद्दण्डले अहिले नेपाली चलचित्र बृत्त तातेको छ । नीर शाहले चलचित्र संघको ब्यानर तानेर,’यिनीहरु बिदेशी फिल्मका दलाल हुन् । यिनीहरुले नै बिरोध गर्ने ?’ भनेर आक्रोशीत भएका थिए । बिचरा नीर राजाको उक्त क्रियाकलापबाट हलवाला निकै आक्रोशीत बनेर राजालाई झण्डै गोदेका । नीर शाह जस्तो मान्छेलाई हलवालाहरु प्रदिप उदय र राजकुमार पोखरेलले गरेको ब्याबहारले त्यहाँ ‘धर्ना दिन’ भेला भएका चलचित्रकर्मीहरुले ‘आम्मै’ को जिव्रो अनायासै टोकेका थिए । राजा पनि किन नराक्किउन त ? नेपाली चलचित्र,टेलिभिजनको इतिहासमा उनको योगदानको कदर गर्दै सम्मानको खादा ओढाउनु पर्ने बेलामा आफू भन्दा ‘जुनीयर भाइ’ हरुबाट त्यसरी अपमानीत हुनु पर्दा उनको मन कस्तो भएको होला ? यो बारेमा अलिकत पनि बिबेक किन नपुर्याएका होलान ती हलवालाहरुले । बिचरा नीर राजाको जिन्दगीमै त्यसरी सार्वजनीक रुपमै अपमान भएको पहिलो घटना हो यो । शाहलाई घचेट्दै हात हाल्न खोजेका ती हलवालाहरुले उनलाई ,’अहिले ज्ञानेन्द्रको शासन छैन । मण्डले भएर दादागीरि देेखाउने’ भन्दै आक्रोशीत भएका थिए । अनि त नीर राजा रिसले आगो हुँदै त्यहाँबाट बाहिरिएका थिए । बीचमा राजकुमार राई गएर नछुट्याएको भए नीर राजा र हलवाला बीच ‘रियल फाइट’ पर्ने थियो ।

यो घटनाले राजासाहेब आक्रोशीत त छदैछन्, त्यसमा पनि उनको मनमा पूर्वराजा ज्ञानेन्द्रको जस्तो ‘म टुलुटु्लु हेरेर बस्ने राजा होइन । म एक्काइशौ शताब्दीको राजा हुँ ।’ भन्ने ‘मनोलक’ नपलाएको होला भन्न पनि सकिदैन । अब हेरौ, अगाडि के के हुन्छ । निर्माता/ हलवालाहरु चलचित्र बिकास शुल्क र एमजी हटाउनै पर्ने मागका साथ ‘संघीय लोकतान्त्रीक गणतन्त्र नेपाल सरकार’ लाई पन्ध्र दिने अल्टीमेटम दिएर आन्दोलनरत छन् । नेपाल सरकारले पनि केही सोच्दै होला की भन्ने आशा त गर्ने पर्यो । हैन र ? नारायण ।

कृष्णेको ‘हिट हिरोइन’ बन्ने की ममता ?
“अहिलेका जति पनि हिट हिरोनीहरु छन्, ती सबै कोही न कोही निर्माता/ निर्देशकसँग सुतेरै हिरोनी भएका छन् । त्यसैले तँ धेरै सति साबित्री बन्न नखोज । कृष्णेले कसैलाई पनि फोकटमा हिरोनी बनाउँदैन ।”

अहिले एउटा दुस्प्रयासको चर्चाले नेपाली चलचित्र उद्योग गरमागरम भएको छ । त्यो के हो भने निर्माता संजय कुटु र निर्देशक कृष्ण चापागाईले एउटै केटी माथि आँखा गडेर बलात्कारको प्रयास समेत गरेछन् । ती केटी, अर्थात नायिका हुन्-ममता प्रधान । बिराटनगरतिर घर भएकी ममतालाई हिरोइन बन्ने धून चढेछ र उनी पुगीछन् ती निर्माता निर्देशकहरुसम्म । ‘साउनमा आँखा फुटेको गोरुले सँधै हरियो नै देख्छ’ भन्ने नेपाली उखानलाई चरितार्थ गर्दै ती निर्माता/निर्देशकले पनि ममताको मस्त जवानीको रस चुस्ने प्रयास गरेछन् ।बिचरी ममताले अस्ति रिपोर्टस् क्लबमा रुँदै निर्देशक चापागाईले आफूलाई मिनीस्कर्ट दिएर डे्रस चेञ्ज गर्न लगाई ममतालाई कस्तो कपडा सुहाउँछ भनेर फनफनी घुम्न लगाएको र ममताले कृष्णको आदेश पालना गरेको तथा पछि उक्त ड्रेस चेञ्ज गर्न अर्को कोठामा गएको बेलामा कृष्ण पनि प्रबेश गरि उनलाई पछाडिबाट च्याप्प समातेर उनका संवेदनशील अंगहरुमा हात पुर्याएको घटना बताइन् । कृष्णको कंश रुपबाट बच्न प्रतिकार स्वरुप ममताले निर्ममता पूर्वक कृष्णको गालामा कसेर दुई झापड पनि बजाइछन् । अनि त के चाहियो ? ममताको झापडले झवाल्लीएका चापागाईले ममतालाई फिल्मी शैलीमा लछारपछार गरेछन् । ममता भाग्न खोज्ने तर कृष्णले समातेर पछार्ने, मुसो-बिरालाको खेल चलेछ एकछिन् । कसैगरी पनि ममता नमानेपछि कृष्णको मुखबाट तथानाम गालीहरु ममतामाथि बर्सिएछ । ममताले पत्रकार सम्मेलनमा बताए अनुसार कृष्णले- ‘यहाँ कुनै पनि केटी निर्देशक/निर्मातासँग नसुतिकन फिल्म खेल्न पाएको रेकर्ड छैन । मसँग खुरुक्क सुत,म रातारात हिट हिरोइन बनाइ दिन्छु । अहिलेका जति पनि हिट हिरोनीहरु छन्, ती सबै कोही न कोही निर्माता/ निर्देशकसँग सुतेरै हिरोनी भएका छन् । त्यसैले तँ धेरै सति साबित्री बन्न नखोज । कृष्णेले कसैलाई पनि फोकटमा हिरोनी बनाउँदैन ।’ भनेछन् । त्यसपछि कसोकसो ममता कृष्णको राक्षशी पंजाबाट उम्केर भाग्न सफल भइछन् ।

त्यस्तै निर्माता संजय कुटुले पनि राती हल्का मदिरा सेबन गरेर ममताको घरमा गइ ‘तिमीसँग फिल्मको बारेमा कुरा गर्नु छ ।’ भन्दै ममताको हातमा समातेर म्वाइँ खान खोजेछन् । ममताले कुटुको कटु ब्यवहारको प्रतिकार गरिछन् ।

ममता फुत्किीए भागेपछि चापागाईलाई आफ्नो असफल प्रयासले च्याप्न थालेछ । कुटुलाई पनि त्यस्तै भएछ ।

कुटु र चापागाईले आफूहरुको दुब्यबहारको बारेमा ममताले सार्वजनीक गर्न थालेको थाहा पाएर दुबैले ‘जे भो भो । बाहिर हल्ला नगर । हामी तिमीसँग माफी माग्छौ ।’ भनेछन् । ममताले पनि ‘भै गो नि त । एकचोटीलाई माफी दिएँ । ‘ भनिछन् । कुरा सामसुम भयो । तर, घटना घटेको झण्डै एक महिनापछि ममताले यो कुरा किन कोट्याइन त ? उनले ती दुई जनालाई बलात्कारको प्रयास गरेको भन्दै महिला सेलमा किन मुद्दा हालीन् त ? यस बिषयमा ममताले रुदै भनिन्, ‘सहमति पछि उनीहरुले मेरो चरित्रको बारेमा नकारात्मक टिप्पणीहरु गर्दै हिडेको सुनेर मलाई सह्यै भएन र म बाध्य भएर उनीहरुलाई कानूनी कार्वाहीको माग गर्दै पुलीस समक्ष पुगें । उनीहरुले यो कुरा थाहा पाएर ‘हाम्रो बेइज्जत नगर । बरु तिमीले पत्रकार सम्मेलनको आयोजना गर । हामी सार्वजनीक रुपमा तिम्रो खुट्टा ढोगेर माफी माग्छौ र क्षतिपूर्ति स्वरुप तिमीलाई रु ५१ हजार पनि दिन्छौ ।’ भनेका थिए ।’ ममता भक्कानीएर रोइन् । तर अपशोच । उक्त कार्यक्रममा आरोपीतहरु उपस्थित भएनन् ।

ममता आफ्नो यो लडाइ भोलि आउने नव नायिकाहरुको चीरहरण जोगानका लागि भएकाले सबैले यस्ता कुनियतधारीहरुको पर्दाफास गर्नमा सघाउन आग्रह गरेकी छिन् ।

माथिको कुरालाई सर्सती मनन गर्दा के कुरा ख्याल आउँछ भने, नेपाली चलचित्र क्षेत्रमा यस्ता कुनीयतधारीहरु प्रस्सतै छन् । यो कुरा थाहा हुँदा हुँदै पनि जस्तो सुकै सम्झौता गरेर हिरोइन् बन्न खोज्नेहरु ममताको सहास देखेर खुशी नहोलान् तर जसले आफ्नो कला मात्र बेचेर खाने लक्ष्य लिएर यो क्षेत्रमा आउछ,उसले पनि भोलि ममताको झै नियति भोग्नु नपर्ला भन्न सकिन्न । त्यसैले, नायिका बन्न चाहने बहिनी, भाञ्जीहरु हो, यो दाइ/मामाको तिमीहरु प्रति एउटै आग्रह छ की तिमी ममता बन्ने की कृष्ण चापागाईले भने झै ‘रातारात हिट हिरोइन’ बन्ने ? तिम्रै हातमा छ । इज्जत के हो, त्यसको पनि ख्याल गर है बा…नारायण ।