आफ्नो हातमा फिल्म पार्न हिरोइनहरु कतिसम्म हर्कत गर्छन भन्ने कुरा त फिल्मकर्ममा लागेका अधिकांशलाई थाहै छ । तर, आफूले आफ्नो दुश्मन ठान्ने हिरोइनलाई फुत्काएर त्यो फिल्म आफ्नो हात पार्न सफल भएमा भने त्यो हिरोइन कति खुशी होली ? यस्तै भयो गत साता अरुणीमा लम्सालको सन्दर्भमा । उनलाई निर्माता सुशील पोखरेलको नीगरानी फिल्म हात परेपछि त के चाहियो र ? पहिला रेखा थापालाई खेलाउने पक्का भएको निगरानीमा रेखा खेल्न नभ्याएपछि त्यो फिल्म अरुणीमाको हात पर्यो । अर्काले छोडेको फिल्म हात पर्दा उनलाई निकै गर्व महसुस भयो । अनि त सुरु भइहाल्यो छिन्छिन्मा निर्माता,निर्देशकलाई फोन गर्ने क्रम । फोनमा चिया पिउनु भयो, खाजा खानु भयो ? खाना खानु भयोदेखि लिएर तरकारीमा नून कति लागेको थियो भन्नेसम्मका ‘आत्मीय’ कुरा सोध्नु हुन लाग्यो । निर्माता सुशील भने अरुणीमाको फोन आएपछि सबै काम छोडेर, यतिसम्मकी चलाइरहेको गाडी साइड लगाएर भएपनि मोबाइल उठाउन ब्यस्त हुन थाले । मोबाइलमा सुशील बोल्छन्,’अँ नानू, के छ तिम्रो हाल खबर ? कहाँ भेट्ने ?’ आदि आदि ।
त्यसैबीच, फिल्म पाएको खुशीयालीमा अरुणीमाले निर्माता,निर्देशक, क्यामेराम्यान तथा अन्य केहीलाई पार्टी दिइन् । हिरोइनको पार्टी खाएर हल्लीदै आएका क्यामेरा म्यान कृष्ण श्रेष्ठले चुरोट सल्काउदै भने,’आज भुँडी फुट्ने गरी अरुणीमाको पार्टी खाइयो । वा अरुणीमा… (more…)
चर्तिकला Category
सोभीत बस्नेतले निर्देशन गरेको इन्साफ नामको फिल्म अहिले काठमाण्डौका केही हलमा चलिरहेको छ । उनी इन्साफ फिल्मको कथालाई बवाल, अत्यन्तै नौलो कथा भनेर फलाक्छन् । तर, अपशोच उनको इन्साफ जेट्लीको डेनी द डग नामक अंग्रेजी फिल्मबाट हुबहु उतारिएको छ । हुन त सोभीतले अहिलेसम्म कुन चाहिँ फिल्म गतिलो,मौलीक कथामा बनाएका छन् र ? तर, सँधै हिन्दी फिल्म चोरेर नेपालीकरण गर्ने सोभीतले इन्साफ भने अंग्रेजी फिल्मबाट चोरे । त्यो पनि जेट्लीको र अनि सुपरहिट फिल्मबाट । उनले सोचेका थिए ,नेपाली दर्शकले अंग्रेजी बुझदैनन्, त्यसैले उनीहरुले अंग्रजी फिल्म हेरेकै हुदैनन् । म मात्र बाठो छु, सजिलै बेकुफ बनाउन सक्छु । तर,सोभीतको यो आइडियाले घुडा टेकेको छ । उपत्यका बाहिर फ्लप भएर बल्लतल्ल काठमाण्डौमा लागेको इन्साफको हालत बिजोग छ । (more…)
Tags: सोभीत
सुटिङ सुरु भएको पहिलो दिनमै ‘बाटो परेर’ नक्सालको अनमोल क्याटरिङमा एकछिन् नरेश पौडेलको निर्देशनमा निर्माण भइरहको ‘दीपशीखा’ को सुटिङ हेर्ने मौका पाइयो । निर्देशक पौडेल क्रेनमाथि राखेको क्यामेराबाट सर्ट लिन क्यामेराम्यानलाई गाइड गरिरहेका थिए । उक्त चलचित्रकी नायिका अरुणीमा लम्साल निर्देशक पौडेलकै वरपर घुम्दै थिइन् । बिहेको यज्ञबाट केटीको बाबुले आफ्नो छोरी घिच्याउदै लग्ने अनि दुलहा लगायत अन्य जन्तीहरुले ट्वा परेर चुपचाप त्यो दृश्य हेरिरहने सट लिइदै थियो । कतिबेला क्रेन डाउन हुन ढिलो हुने त कतिबेला जुनीयर कलाकारहरुको र्याक्सन नपुग्नाल तीन ‘टेक’ सम्म पनि ‘सट ओके’ हुन सकेको थिएन । चौथो टेक निर्देशक पौडेललाई चित्त बुझ्यो, ‘आके कट इट’ भने । तर नायिका अरुणीमा निर्देशक नरेशको कानैमा आएर भनिन्,’सर, ऊ (जन्ती बनेको जुनीयर कलाकारलाई इंगीत गर्दै) त्यसले उता हेरेको थियो । अरुहरुको पनि र्याक्सनै पुगने ।’ निर्देशक पौडेलले अरुणीमाको कुरा सुनेपछि फेरि सबैलाई यसो गर्नू, उसो गनू भन्दै सिकाएर त्यो सट फेरि खिच्न लगाए । (more…)
पत्रकारिताको क्रममा त नभनै तर फिल्मकारिताको क्रममा चाहिँ पक्कै हो । भर्खरै, तिहारको पूर्व सन्ध्यामा पूर्वी नेपालको झापा जिल्लाको काँकडभिट्टा पुगीएको थियो । त्यहाँ झण्डै दश दिन बिताइयो । त्यहाँ, बाहुनडाँगी रोडको होटल कञ्चनजङ्घामा बसीयो । होटल बसाइको क्रममा होटल मालिकसागको हेलमेल, कुराकानी त सामान्य नै भइहाल्यो । ‘के काम गर्नु हुन्छ ?’ होटल मालिक, हजुर बाका उमेरका शर्मा बूढाले सोधे । ‘फिल्म पत्रकारिताको साथै फिल्मको स्क्रीप्ट लेख्ने काम पनि गर्छु । ‘ मैले भनें । मेरो कार्यबिबरण सुनेर बूढाले एक्कासी सोधे, ‘तपाई, त्यो हिरो छ नि…अ..के नाम हो…अ जुङा पालेको छ नि…‘ जुङा पालेका हिरोहरु कति छन् छन् कसरी चिन्नू, मेरो मनमा फ्याट्ट भुवन केसीको याद आयो । ‘भुवन केसी‘ । बूढाले ‘होइन‘ भने । ‘भुवन केसी होइन । अर्के छ नि…चश्मा पनि लगाउछ । यतै पूर्वतिरको हो ।‘ म अल्मलमा परे, को हिरो हो हो । बूढा सम्झने प्रयास गर्दै फेरि बोले, ‘खै के जाती फिल्म पनि बनाएको छ ।‘ जुङा पालेको, चश्मा लगाउने, पूर्वैतिरको त्यसमाथि पनि फिल्म बनाउने हिरो चाहि को होला ? मलाई ठम्याउन मुश्कील पर्यो ।
अहिले नेपाली चलचित्रकर्मीहरु पनि श्रृंखला चलचित्र बनाउनतिर अग्रसर भएका छन् । हलिउड र बलिउडमा झै यहाँ पनि त्यो क्रम सुरु भइसकेको छ । रेखा थापाको ‘हिम्मत’ सफल भएपछि त्यसैका निर्देशक दीपक श्रेष्ठले आफै निर्माता भएर ‘हिम्मत २’ निर्माण गरिसकेका छन् भने निर्माता राजकुमार राईले ‘पापी मान्छे’ को ब्यावसायीक सफलता पछि ‘पापी मान्छे २’ निर्माण गरिसकेका छन् । त्यस्तै, ‘क्यारेङ ग्याङ’ नामक भिडीयो चलचित्रको प्रदर्शनपछि उदय सुब्बाले अहिले निखिल उप्रेतीलाई प्रमुख भूमिकामा लिएर ‘क्यारेङ ग्याङ २’ निर्माण गरिरहेका छन् । पुरानो सफल चलचित्र ‘कुसुमे रुमाल’ पनि अहिले ‘कुसुमे रुमाल २’ बन्दै छ । यि त भए एउटा चलचित्रको सफलता पछि त्यसैको अर्को भाग स्वरुप बनाइँदै गरिएका चलचित्रह्ररु । ठूलो पर्दाका चलचित्र बाहेक टेलिश्रृंखलाहरु पनि ‘पार्ट २’ भएर आउन थालेका छन् नेपालमा । मेलीना मान्नधर र महेन्द्र बुढाथोकीको ‘करुणा २ ‘ अहिले नेपाल टेलिभिजनबाट प्रसार भइरहेको छ । (more…)
पूजा प्रधानबाट पूजना प्रधान हुँदै अहिले पूजना ‘स्त्री’ भएकी छिन् यिनी । उनको शरीरले नै देखाउँछ की उनी ‘स्त्री’ हुन भनेर तर फेरि पूजना ‘स्त्री’ किन त ? कि त आफ्नो ‘स्त्रीत्व’ माथि आफैलाई बिश्वास नलागेर मान्छेहरुको अगाडि आफूलाई ‘स्त्री’ भनेर चिनाउनु परेको ? यो प्रश्न पनि यक्ष बनेर खडा भएको छ हिरोइन पूजाको अगाडि । ‘हिरो’ चलचित्रबाट हिरोइन् बनेकी पूजा अहिले ‘पापी मान्छे २ ‘ मा आइपुग्दा कहिले नाम त कहिले टाइटल,थरले चेञ्ज भइसकेकी छिन् । र, साँच्चै अहिले त बानी बेहोरामा पनि उनको निकै परिवर्तन आएको छ । पहिला जस्ती छैनन् पूजना । उनलाई अचेल दर्शनशास्त्र निक्कै आउँछ । जीवन र जगतका कुरा गर्न उनलाई सायदै कसैले भेटाउला । जो मान्छे भेट्दा पनि ‘जय संगत’ उनको ओठबाट फुत्कीहाल्छ । धर्मकर्म, ध्यान, जपतपमा उनको निकै लगाव छ अहिले । अब पूजना प्रधान नभन्नु रे उनलाई पूजना ‘स्त्री’ भन्नु रे । उनलाई नमस्कार, हाइ हेल्लो नगर्नू, ‘जय संगत’ भन्नू रे । (more…)
Tags: पूजना
नेपाल सरकारले नेपाली चलचित्रलाई पनि बिदेशी चलचित्रसहर चलचित्र बिकाश शुल्क तथा एमजी -न्यूनतम ग्यारेन्टी) लगाएको बिरोधमा नेपाली चलचित्रकर्मीहरु -बिशेषगरी निर्माता तथा हलवालाहरु) ले चलचित्र बिकास बोर्डमा आयोजना गरेको धर्ना कार्यक्रममा कलाकार,निर्माता तथा निर्देशक नीर शाहले देखाएको उद्दण्डले अहिले नेपाली चलचित्र बृत्त तातेको छ । नीर शाहले चलचित्र संघको ब्यानर तानेर,’यिनीहरु बिदेशी फिल्मका दलाल हुन् । यिनीहरुले नै बिरोध गर्ने ?’ भनेर आक्रोशीत भएका थिए । बिचरा नीर राजाको उक्त क्रियाकलापबाट हलवाला निकै आक्रोशीत बनेर राजालाई झण्डै गोदेका । नीर शाह जस्तो मान्छेलाई हलवालाहरु प्रदिप उदय र राजकुमार पोखरेलले गरेको ब्याबहारले त्यहाँ ‘धर्ना दिन’ भेला भएका चलचित्रकर्मीहरुले ‘आम्मै’ को जिव्रो अनायासै टोकेका थिए । (more…)
Tags: Neer Shah
“अहिलेका जति पनि हिट हिरोनीहरु छन्, ती सबै कोही न कोही निर्माता/ निर्देशकसँग सुतेरै हिरोनी भएका छन् । त्यसैले तँ धेरै सति साबित्री बन्न नखोज । कृष्णेले कसैलाई पनि फोकटमा हिरोनी बनाउँदैन ।”
अहिले एउटा दुस्प्रयासको चर्चाले नेपाली चलचित्र उद्योग गरमागरम भएको छ । त्यो के हो भने निर्माता संजय कुटु र निर्देशक कृष्ण चापागाईले एउटै केटी माथि आँखा गडेर बलात्कारको प्रयास समेत गरेछन् । ती केटी, अर्थात नायिका हुन्-ममता प्रधान । बिराटनगरतिर घर भएकी ममतालाई हिरोइन बन्ने धून चढेछ र उनी पुगीछन् ती निर्माता निर्देशकहरुसम्म । ‘साउनमा आँखा फुटेको गोरुले सँधै हरियो नै देख्छ’ भन्ने नेपाली उखानलाई चरितार्थ गर्दै ती निर्माता/निर्देशकले पनि ममताको मस्त जवानीको रस चुस्ने प्रयास गरेछन् ।बिचरी ममताले अस्ति रिपोर्टस् क्लबमा रुँदै निर्देशक चापागाईले आफूलाई मिनीस्कर्ट दिएर डे्रस चेञ्ज गर्न लगाई ममतालाई कस्तो कपडा सुहाउँछ भनेर फनफनी घुम्न लगाएको र ममताले कृष्णको आदेश पालना गरेको तथा पछि उक्त ड्रेस चेञ्ज गर्न अर्को कोठामा गएको बेलामा कृष्ण पनि प्रबेश गरि उनलाई पछाडिबाट च्याप्प समातेर उनका संवेदनशील अंगहरुमा हात पुर्याएको घटना बताइन् । (more…)
