सबैभन्दा कुन राम्री ?
गाउँलेदेखि सूर्यचन्द्रसम्म २० वटा फिल्म निर्देशन गरेका निर्देशक दीपक श्रेष्ठले आफ्नो पहिलो फिल्म गाउँलेमा दीपाश्री निरौलालाई नायिकाको रूपमा ‘ब्रेक’ दिए । गोली सिसाको…को गीतबाट समेत चर्चित भएकी दीपाश्रीलाई मिलनसार र समझदार कलाकारको रूपमा व्याख्या गर्छन्, उनी । ‘म नयाँ थिएँ । जसका कारण राम्ररी खुलेर काम गर्न सकिनँ । तर, कलाकारले भने साथ दिएका हुन् ।’ गाउँलेमा बिपना थापा प्रमुख नायिका थिइन् । उनले पनि कुशल कलाकारको भूमिका निभाएको बताउँदै उनले भने, ‘म नयाँ भएर होला सायद, उनी रिजर्ब बस्थिनन् । मलाई पनि कता-कता असजिलो महसुस हुन्थ्यो । तर, भूमिकाअनुसार भने जमेर काम गरिन् ।’ बाँकी»

पूजा प्रधानबाट पूजना प्रधान हुँदै अहिले पूजना ‘स्त्री’ भएकी छिन् यिनी । उनको शरीरले नै देखाउँछ की उनी ‘स्त्री’ हुन भनेर तर फेरि पूजना ‘स्त्री’ किन त ? कि त आफ्नो ‘स्त्रीत्व’ माथि आफैलाई बिश्वास नलागेर मान्छेहरुको अगाडि आफूलाई ‘स्त्री’ भनेर चिनाउनु परेको ? यो प्रश्न पनि यक्ष बनेर खडा भएको छ हिरोइन पूजाको अगाडि । ‘हिरो’ चलचित्रबाट हिरोइन् बनेकी पूजा अहिले ‘पापी मान्छे २ ‘ मा आइपुग्दा कहिले नाम त कहिले टाइटल,थरले चेञ्ज भइसकेकी छिन् । र, साँच्चै अहिले त बानी बेहोरामा पनि उनको निकै परिवर्तन आएको छ । पहिला जस्ती छैनन् पूजना । उनलाई अचेल दर्शनशास्त्र निक्कै आउँछ । जीवन र जगतका कुरा गर्न उनलाई सायदै कसैले भेटाउला । जो मान्छे भेट्दा पनि ‘जय संगत’ उनको ओठबाट फुत्कीहाल्छ । धर्मकर्म, ध्यान, जपतपमा उनको निकै लगाव छ अहिले । अब पूजना प्रधान नभन्नु रे उनलाई पूजना ‘स्त्री’ भन्नु रे । उनलाई नमस्कार, हाइ हेल्लो नगर्नू, ‘जय संगत’ भन्नू रे । 
